बागलुङमा नगरपालिका र जिल्ला संघले सहकारी दिवस मनाउने

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका र जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ३ दिने विविध कार्यक्रमका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएका छन् ।

जिल्ला सहकारी संघको पहलमा बागलुङ नगरपालिकामा बुधवार बसेको वैठकले संयुक्त रुपमा सहकारी दिवस मनाउने निर्णय गरेको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलको अध्यक्षतामा सम्पन्न वैठकमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु र सहकारी अभियानका तर्फबाट जिल्ला सहकारी संघ, विषयगत सहकारी संघहरुका प्रतिनिधि र बागलुङबाट केन्द्रीय निकायमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सहकारी दिवसका अवसरमा चैत १८ गते सहकारी संघ संस्थाहरुले आफ्नो वरिपरी सरसफाई गर्ने, १९ गते बागलुङ नगरपालिका भित्रका सहकारीहरुको अवस्थाका साथै कानुनी प्रक्रियाका बारेमा सहजीकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिने भएको हो ।

राष्ट्रिय सहकारी दिवसका दिन चैत २० गते ¥याली सहित मुख्य समारोह गर्ने निर्णय भएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो । विगतमा डिभिजन सहकारी कार्यालय र संघ मिलेर सहकारी दिवस मनाउदै आएका थियौ, डिभिजन खारेज भएपछि संघले मात्रै सहकारी दिवस मनाउदै आएकोमा यसपटक बागलुङ नगरपालिकासंग सहकार्य गरिएको अध्यक्ष गौतमको भनाइ छ ।

बागलुङ नगरपालिकाले जिल्ला सहकारी संघ संगको समन्वयमा आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुको अनुगमन गर्ने, सहकारी अभियान र नगरपालिकाबीच चौमासिक रुपमा वैठक बसी सहकारी क्षेत्रमा भएका समस्याहरुको पहिचान गरी समाधान गर्ने, सहकारी अभियानलाई प्रवद्र्धन गर्नका लागि सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको बागलुङ नगरपालिका सहकारी शाखा प्रमुख प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *