आश्रमलाई खाद्यन्न तथा फलफूल वितरण गरी रोट्रयाक्ट सप्ताह शुरु

आदर्श अनलाईन, बागलुङ
सामाजिक सेवामा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले शुक्रबारदेखि रोट्रयाक्ट सप्ताह मनाउन शुरु गरेको छ । क्लवले वर्षैनी मनाउदै आएको रोट्रयाक्ट सप्ताह शुक्रबार बागलुङ नगरपालिका–४ निरयघाट स्थित रामानुज आश्रममा खाद्यन्न तथा फलफुल वितरण गरी शुरु गरिएको छ ।

सप्ताहको पहिलो दिन रामानुज आश्रमलाई फलफूल तथा खाद्यन्न वितरण गरी रोट्रयाक्ट सप्ताह शुरु गरिएको क्लवका अध्यक्ष तारा प्रसाद शर्माले जानकारी दिनुभयो । कार्यक्रमको उद्घाटन मन्तव्य राख्दै प्रमुख अतिथि रोटरी क्लव आफ बागलुङका अध्यक्ष दयाराम पौडेलले युवाहरुको सामाजिक भावनाले देश विकासमा ठूलो टेवा पु¥याउने भन्दै व्यक्तित्व विकासका लागि यस्ता क्लवको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

No description available.

आश्रमलाई एक बोरा चामल, तेल, नून, दाल र फलफूल हस्तान्तरण गरिएको थियो । उक्त खाद्यन्न तथा फलफूल सामाग्री रोट्रयाक्ट क्लवका सचिव सुस्मिता के.सीले दिवंगत हुनुभएको आफ्ना बाबा मिठु केसीको संझनामा अर्पण गर्नुभएको क्लवले जनाएको छ ।

कार्यक्रम क्लवका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, कार्यक्रम संयोजक तथा रोट्रयाक्ट सप्ताह मूल समिति संयोजक सौरभ केसीको संचालन, निर्वतमान अध्यक्ष सुमित साहीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

No description available.

यस्तै क्लवले शनिबार पर्यटन प्रर्बद्धनका लागि पर्यटकीय गाउँ भकुण्डेसम्म हाइकिङ, आइतबार उपल्लाचौर आधारभूत विद्यालयलाई फस्टएड बक्स वितरण, सोमबार नेपाल पत्रकार महासंघ र क्लव बीच मैत्रिपूर्ण फुटसल प्रतियोगिता, मंगलबार बागलुङ पर्वत जोड्ने लामो पुल र ट्राफिक कार्यालय बागलुङमा बोर्ड व्यवस्थापन, बुधबार लोकतान्त्रिक चोकमा ट्राफिक सचेतना कार्यक्रम तथा स्टिकर वितरण र बिहीबार सप्ताहको समापन तथा छात्रावृति प्रदान गर्नै कार्यक्रम रहको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *