अन्नपूर्ण प्रथम आरोहण गर्न हिँडेकी संचारकर्मी श्रेष्ठलाई गण्डकी सरकारद्वारा बिदाई

आदर्श अनलाइन, पोखरा
न्नपूर्ण हिमाल आरोहणको यात्रा शुरु गरेकी गोरखाकी संचारकर्मी पूर्णिमा श्रेष्ठलाई शुक्रबार विदाई गरिएको छ ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेत, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल लगायतले हिमाल आरोही श्रेष्ठलाई अविर ,खादा र माला लगाएर विदाई गर्नुभएको हो ।

मुख्यमन्त्री कार्यालयमा आयोजित विदाई कार्यक्रममा श्रेष्ठले उच्च मनोवलका साथ गर्न लागेको आरोहणको सफलताको शुभकामना समेत व्यक्त गरिएको छ । अहिलेसम्म कुनैपनि महिलाले उक्त हिमाल आरोहण गरेका छैनन् ।पेशाले फोटो पत्रकार श्रेष्ठले सन् २०१७ बाट हिमाल आरोहण शुरु गर्नुभएकी श्रेष्ठले आफ्नो अनुभव सुनाउदै यस अघि आफूले तीन वटा हिमाल सफलता पूर्वक आरोहण गरेको बताउनुभयो ।

गण्डकी प्रदेशमा पर्ने अन्नपूर्ण प्रथम हिमाल चढेर आफूले नयाँ रेकर्ड राख्ने सोच लिएर हिमाल आरोहण गर्न लागेको प्रतिक्रिया आरोही श्रेष्ठले दिनुभयो ।सोही कार्यक्रममा आरोही श्रेष्ठलाई गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक सहयोग स्वरुप ८ लाख रुपैयाँ र नेपालको राष्ट्रिय झण्डा प्रदान गरिएको थियो ।

श्रेष्ण्ठले हालसम्म विश्वको अग्लो शिखर सगरमाथा, मनास्लु र आमदवलन हिमाल आरोहण गरिसक्नुभएको छ । उक्त हिमाल आरोहण गर्न श्रेष्ठ र विदेशी महिला तथा पुरुष गरी २० जनाको सहभागिता रहने छ । उनीहरुले आइतबार आफ्नो यात्रा शुरु गर्ने छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *