रोट्रयाक्ट सप्ताहको दोस्रो दिन भकुण्डे हाइकिङ


आदर्श अनलाइन, बागलुङ

समाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक्ट सप्ताहको दोस्रो दिन हाइकिङ गरिएको छ ।

चैत १२ गतेसम्म बिभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह संचालन गरेको क्लवले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि बागलुङ बजारदेखि भकुण्डे दहसम्मको हाइकिङ गरेको हो ।

कोरोनाको संक्रमणका कारण निदाएको पर्यटनलाई फेरी चलाएमान बनाउन र बिउँताउनका लागि बागलुङ सदरमुकामदेखि पर्यटकिय स्थल बानपा १० को भकुण्डे दहसम्म पैदल यात्राका साथ हाइकिङ गरिएको क्लवका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष शर्माको नेतृत्वमा २१ जनाको समुहमा गएको टोलिले स्थानिय उत्पादन र व्यवसायलाई प्रवद्र्धन गर्नका लागि सप्ताहको अवसरमा दोस्रो दिन यस्तो कार्यक्रम गरिएको कार्यक्रमका संयोजक सागर थापा क्षेत्रीले बताउनुभयो ।

साताव्यापी रुपमा हुने कार्यक्रम अन्तगर तेस्रो दिन चैत ८ गते बानपा ४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभुत बिद्यालयमा फस्टएड बक्स बितरण गरिने सप्ताहका मुल संयोजक सौरभ केसीले जानकारी दिनुभयो ।

त्यसैगरि चैत ९ गते नेपाल पत्रकार महासंघ बागलुङ र रोट्रयाक्ट क्लव अफ बागलुङका बिचमा मैत्रीपूर्ण फुटसल, १० गते बोर्ड व्यस्थापन, ११ गते दुर्घटना न्युनिकरणका लागी सहयोग पु¥याउन मोटरसाइकल र स्कुटरमा सन्देश मुलक स्टिकर टाँस गर्ने र १२ गते छात्रबृत्ति बितरण सहित समापन गरिने केसीले जानकारी दिनुभयो

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *