बिद्यामन्दिर पुस्तकालयको ७३ औ साधारण सभा

आदर्श अनलाइन, बागलुङ

बिद्यामन्दिर पुस्तकालय बागलुङको ७३ औ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशमा सांसद इन्द्रलाल सापकोटाले बिद्या मन्दिर पुस्तकालयले पठन संस्कृतिको विकास र समाजमा चेतना, जागरण अभिवृद्धिमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । गण्डकी प्रदेशकै सबै भन्दा पुरानो र महत्वपूर्ण पुस्तकालयका रुपमा स्थापित यस पुस्तकालयको संरक्षण र समय सापेक्ष थप विसका र विस्तार गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।


सो अवसरमा पुस्तकालयलाई योगदान पु¥याउने बिभिन्न ३ जनालाई सम्मान समेत गरिएको छ । पुस्तकालयका संस्थापकद्धय ओमप्रसाद गौचन र मेघकुमार बैद्यको विशेष योगदानको सम्मान स्वरुप ‘ओमप्रसाद बैद्य सम्मान’ प्रदान गरिएको थियो । सो सम्मानबाट पुस्तकालय स्थापनाका लागि विशेष योगादान गर्ने बागलुङको मुलपानी घर भई हाल काठमाण्डौमा रहनुभएका डा. शास्त्रदत्त पन्तलाई सम्मान गरिएको थियो ।

यसैगरी पुस्तकालयका पुर्व अध्यक्ष महेशचन्द्र प्रधानले आफ्ना स्वर्गिय पिता हरीप्रसाद प्रधान र माता मोहन कुमारी प्रधानको स्मृतिमा स्थापना गर्नुभएको हरिमोहन स्मृति कोष मरणोपरान्त सम्मान स्वर्गिय देबेन्द्र अधिकारी र ज्ञानोदय बुद्ध बिहारका अध्यक्ष कृष्णलाल शाक्यलाई प्रदान गरिएको थियो । उनीहरु दुवैलाई नगद ७ हजार ५ सय सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा पुस्तकालयका उपसंरक्षक पर्शुराम श्रेष्ठ, पुस्तकालयका पूर्वअध्यक्ष लालचन्द्र राजभण्डारी, सम्मानित व्यक्तित्व डा.शास्त्रदत्त पन्त, कृष्णलाल शाक्य, सञ्जय अधिकारी, पुस्तकालयका मानार्थ सदस्य गणेश कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा मरणोपरान्त स्वर्गिय देबेन्द्र अधिकारीका छोरा सञ्जय अधिकारीले पुस्तकालयको समग्र विकासका लागि नगद २ लाख रुपैयाँ सहयोगको घोषणा गर्नुभयो । पुस्तकालयका सचिव रामचन्द्र शर्माले पुस्तकालयको विकासका लागि स्वर्गिय माता पिताको नाममा २५ हजार पुस्तकालयलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुस्तकालयका सचिव रामचन्द्र शर्माले प्रगति र कोषाध्यक्ष कोपिला कँडेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरिन् । सो अवसरमा नियमित पाठक मुकुन्दप्रसाद शर्मा र अरुणकुमार शाक्यलाई साहित्यकार प्रेम छोटाले स्थापना गरेको कोषबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता, उपाध्यक्ष राम थापाको स्वागत मन्तब्य र सचिव रामचन्द्र शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *