ढोरपाटन उद्योग बाणिज्य संघको अधिवेशन आगामी बैशाखमा

आदर्श अनलाइन, ढोरपाटन

नयाँ संघीय अभ्यास सँगै स्थानीय तहमा स्थापित ढोरपाटन उद्योग बाणिज्य संघको बुर्तिबाङले प्रथम अधिवेशन आगामी बैशाखमा गर्ने भएको छ ।

शनिवार बसेको संघको कार्यसमितिको बैठकले २०७८ साल बैशाख १५ गते संघको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन उद्घाटन कार्यक्रम तय गरेको छ ।

निर्वाचन कार्यविधि अनुसार बैशाख १७ गतेलाई निर्वाचन तालिका तोकिएको संघका अध्यक्ष चिन्तामणी शर्माले जानाकारी दिनुभयो ।

संघको कार्यसमितिको बैठकले, संघको सदस्यताका लागि दरखास्त दिएका सदस्यहरुको संख्या समेत अनुमोदन गरेको छ । संघको अघिल्लो बैठकले दिएको जिम्मेवारी अनुसार तय गरेको सदस्यता छानविन तथा छनौट समितिले आफ्नो जिम्मेवारी पुरा गरि संघको बैठकमा पेश प्रतिवेदन गरिएको थियो । सदस्यता छानविन समितिका सदस्य सोमबहादुर पौवीले ६ सय ५१ सदस्य संघको आधिकारिक सदस्य रहेको तथ्याँक बैठकमा पेश गर्नुभएको थियो । जस अनुसार ५३ जना आजीवन सदस्य तथा ५ सय ९८ जना साधारण सदस्य रहेको पौवीले बताउनुभयो । बैठकले समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साथै संघका सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरि सो उपर दावी विरोध तथा नामावली सच्याउने काम एक हप्ताका लागि तय गरिएको संघका महासचिव रामनारायण सुवेदीले जानाकारी गराउनुभयो

यसैबीच बैठकमा संघको निर्वाचनको प्रबन्ध व्यवस्थापन गर्न बनेको, ढोरपाटन उद्योग बाणिज्य संघको निर्वाचन कार्यविधि तथा निर्देशिका २०७७ पेश गरिएको थियो । कार्यविधि निर्माण समितिका सदस्य तथा संघका उपाध्यक्ष उत्तमबहादुर महतले पेश गर्नुभएको कार्यविधि कार्यसमितिको बैठकद्धारा सर्वसम्मत पारित गरिएको छ ।
यस्तै बैठकले, साधारणसभा तथा अधिवेशनका लागि आफ्ना गतिविधिलाई तीव्रता दिने निर्णय गरेकोछ । संघको आगामी नीति कार्यक्रम तथा आर्थिक निती पेश गर्न संघका महासचिव र कोषाध्यक्षलाई जिम्मेवारी दिइएको छ । नीति तथा कार्यक्रमका लागि अन्य पदाधिकारीहरुले आगामी शनिवारसम्म लिखितरुपमा सुझाव तथा राय दिनुपर्ने निर्णय गरिएको संघका महासचिव सुवेदीले बताउनुभयो ।

उद्योग वाणिज्य संघको संस्थागत उपस्थिति पहिलो भएकाले, सर्वसम्मत रुपमा पदीय जिम्मेवारीमा सबैपक्षलाई समेटेर टिम बनाउने लक्ष्य रहेको अध्यक्ष शर्माको भनाई छ । ‘अहिले संस्थागत उपस्थिति मात्र छ, यसलाई व्यवस्थापन गर्न र स्थापित गर्न धेरै कामहरु बाँकी रहेकाले सबैको साझेदारिता संघमा आवश्यक रहेको उहाँले बताउनुभयो ।’ जसका लागि आवश्यक छलफल गर्ने, आकाँक्षीहरुको रायलिने, वर्तमान कार्यसमितिका तर्फबाट संयुक्त प्यानल बनाउने विषयमा साझा समझदारी बनाउन जरुरी रहेको संघका उपाध्यक्ष उत्तमबहादुर महतले बताउनुभयो । ‘पहिलो प्रयास सर्वसम्मत बनाउने विषय रहन्छ, नमिलेको खण्डमा प्रजातान्त्रिक विधि प्रक्रियाबाट सदस्यरुलाई नै नयाँ कार्यसमितिको चयन गर्न जिम्मेवारी आउन सक्ने, उपाध्यक्ष महतले बताउनुभयो ।’

संस्थालाई स्थायित्व दिन सबैको सकरात्मक भूमिका र समान उपस्थिति आवश्यक रहने संघका वरिष्ठ उपाध्यक्ष निमलाल पाण्डेको भनाई छ । ‘निर्वाचनबाट एकाथरि बाहिरिने र एकाथरी चयन हुनसक्ने अवस्था हुन्छ, त्यसो नगरी सबैको त्याग, समपर्ण र योगदान सहित साझा संस्थाका रुपमा विकास गर्नुपर्ने तर्फ हामीले भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।’

पश्चिम क्षेत्रका व्यवसायीहरुको साझा संस्था स्थापना मात्र गरिएको छ, यसलाई सबैको अपनत्व हुनेगरि विकास गरेर जानुपर्ने संघका सल्लाहकार ढालेन्द्र छन्त्यालले बतनउनुभयो । सहमति, सहकार्य र साझेदारिता तर्फ सबैको अधिकतम प्रयास हुनुपर्दछ । संघलाई बलियो बनाउनेतर्फ सोच्नुपर्ने उहाँले बताउनुभयो ।

१४ वर्षसम्म बागलुङ उद्योग वाणिज्य संघको इकाईका रुपमा रहँदा संस्थागत कामहरु हुन सकेका थिएनन् । पछिल्लो कार्यसमितिले अधिक मेहनत गरेर संस्था स्थापना गर्न सफल भएको छ । यसलाई संस्गाथत गर्न तर्फ सबैको ध्यान पुग्नुपर्ने संघका महासचिव सुवेदीले बताउनुभयो । ‘सबै साथीहरुको कहीं न कहीं आकांक्षा छ, त्यसो हुनु स्वभाविक पनि हो । सबैको साझा र अपनत्वभाव झल्कने व्यवसायीक संगठन संघलाई बनाउन आफ्नो तर्फबाट समेत प्रयास रहने महासचिव सुवेदीको भनाई छ ।

संघको अभिवेशन उद्घाटनका लागि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र प्रभु ग्रुपका देवीप्रकास भट्टचनलाई उपस्थित गराउने संघले योजना बनाएको महासचिव सुवेदीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *