रोट्रयाक्ट सप्ताहमा विद्यालयलाई फस्ट एड बक्स प्रदान

आदर्श अनलाइन, बागलुङ

सामाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक्ट सप्ताहको तेस्रो दिन सदरमुकामको एक बिद्यालयका लागि फस्ट एड बक्स उपलव्ध गराइएको छ ।

बिभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह संचालन गरेको क्लवले बागलुङ नगरपालिका वडा नम्वर ४ उपल्लाचौरमा रहेको उपल्लाचौर आधारभुत बिद्यालयलाई प्राथमिक उपचारमा सहयोग पु¥याउने उद्देश्यले बक्स प्रदान गरेको हो ।

सामान्य दुर्घटना हुँदा पनि हुन सक्ने ठूलो क्षतीलाई कम गर्नका लागि बिभिन्न १७ प्रकारका औषधी राखिएको दुई वटा बक्स र माक्स समेत उपलब्ध गराइएको हो । बक्स बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, क्लवका अध्यक्ष ताराप्रसाद शर्मा र कार्यक्रम संयोजक नितु खड्काले बिद्यालयका प्रधानाध्यापक शान्तिकुमारी पौडेल सापकोटालाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बिद्यालयमा बिद्यार्थीहरु खेल्दै र पढ्दै गर्दा अचानक हुन सक्ने स्वास्थ्यको समस्या र दुर्घटनाका कारण हुने हरेक प्रकारका समस्यालाई कम गर्न प्राथमिक उपचारको बक्सले महत्वपूर्ण काम गर्ने बताउनुभयो । बक्स भित्र राखिएका औषधीको उचित प्रयोग गर्न सकेको खण्डमा ज्यानै जान सक्ने जोखिमलाई पनि कम गर्न सहयोग पुग्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक शान्तिकुमारी पौडेल सापकोटाले क्लबलाई महत्वपूर्ण सन्देश प्रवाह गर्ने कार्यक्रम र सहकार्यका लागि धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम क्लवका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, कार्यक्रम संयोजक नितु खड्काको स्वागत मन्तव्य र मूल संयोजक सौरभ केसीको संचालनमा सम्पन्न भएको थियो ।

कार्यक्रम संयोजक खड्काले बक्समा भएका औषधीको प्रयोगका बारेमा पनि जानकारी गराउनु भएको थियो । १२ गते सम्म सञ्चालन हुने साताव्यापी कार्यक्रम चैत ९ गते नेपाल पत्रकार महासंघ बागलुङ र रोट्रयाक्ट क्लव अफ बागलुङका बिचमा मैत्रीपूर्ण फुटसल, १० गते बोर्ड व्यवस्थापन, ११ गते दुर्घटना न्युनिकरणका लागि सहयोग पु¥याउन मोटरसाइकल र स्कुटरमा सन्देश मुलक स्टिकर टाँस गर्ने र १२ गते छात्रबृत्ति बितरण सहित समापन गरिने केसीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *