कोरोना कहर पछि म्याग्दीको अन्नपूर्ण हिमालमा आउन थाले आरोही

सन्तोष गौतम, म्याग्दी

एक वर्षको कोरोना कहर पछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पहिलो पर्वतारोहीको टोली आएको छ ।

कोरोना भाइरसको महामारीको कारण पछिल्ला दुई वटा सिजनमा हिमाल आरोहण भएको थिएन् । कोरोनाको खोप विकास भएको, सरकारले आरोहण र अन्तराष्ट्रिय उडान खुलाएकाले पर्वतारोही हिमालतर्फ लागेका छन् ।

सेभेन समित टेकले कोरोनापछि पहिलो पटक म्याग्दीस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि १७ जना आरोहीको टोली लिएर आइतबार आधार शिविरतर्फ लागेको छ । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ ।

टोलीको नेतृत्व गरेकी नेपाली पर्वतारोही पुर्णिमा श्रेष्ठले अन्नपूर्ण आरोहण गर्ने गत वर्षको योजनालाई यसपाली मुर्त रुप दिन लागेको बताइन् । ‘पोहोरको बसन्त याममा अन्नपूर्ण चढ्ने तयारी कोरोनाले एक वर्ष पछि ढकेलियो,ुउनले भनिन्, ुजेठो र जोखिमयुक्त मानिएको हिमाल चढ्ने हुटहुटिले डोर्‍यायो ।’

पत्रकार समेत रहेकी पूर्णिमाले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु, २०१९ मा आमाडब्लम हिमाल आरोहण गरेकी थिइन् । अन्नपूर्ण आधार शिविर जोड्ने “मौरिज हर्गोज” पदमार्गको प्रर्वद्धनका लागि गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको सहयोगमा आरोहण गर्न लागेका हुन् ।

गाउँपालिकाले पाँच लाख र प्रदेश सरकारले आठ लाख रुपैयाँ सहयोग गरेको छ । पोल्याड र प्रोसीया लगायत देशका नागरिक समेत सहभागी यो टोलीले एक महिनामा अन्नपूर्ण हिमाल आरोहण गरेर फर्कने शेर्पा पेम्बा शेर्पाले बताए ।

‘नयाँ पदमार्ग र जेठो हिमालको प्रचारप्रसार गर्न पत्रकार सहितको टोलीले अन्नपूर्ण आरोहण गर्न आएका हौ,ुउनले भने, ‘हाम्रो आरोहणले कोरोना पछिको नेपालको पर्यटन उकास्न सन्देश प्रवाह गराउने अपेक्षा गरेका छौं।’

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गरेका थिए । अन्नपूर्ण ८ हजार मिटर भन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो ।

बि।स २०६८ मा नारच्याङका अगुवाहरुले पहिचान गरेको यो पदमार्ग भएर पहिलो पटक पर्वतारोहण टोली आधार शिविर तर्फ गएको हो । प्रथम आरोही मौरिजको नाममा यो पदमार्ग नामाकरण गरिएको छ । यसअघि अन्नपूर्ण प्रथम हिमालका आरोहीहरु हेलिकप्टरबाट आधार शिविर जाने गरेका थिए । मुस्ताङको कुञ्जो हुदै आधार शिविर जाने पदमार्ग जोखिमयुक्त र घुमाउरो थियो ।

गत वर्ष प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको अन्नपूर्ण गाउँपालिकाले नक्सा तयार पारेर प्रर्वद्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । ‘आधारभूत स्तरको पुर्बाधार तयार र नक्साङकन गरेका छौ,’ उनले भने, ुपर्यटन विभागमार्फत थप पूर्वाधार विस्तार भएको छ ।’

नारच्याङबाट तेस्रो दिनमै आधार शिविर पुग्न सकिन्छ । जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको संख्या कम भएको हो । नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन् । पुर्णिमाले सफल आरोहण गरेमा अन्नपूर्णको पहिलो महिला आरोहीको किर्तिमान रहनेछ् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *