कोरोनाको फेरि बढ्दो भयावह र सचेतता

सम्पादकीय
विश्वव्यापी कोरोना महामारीको आतंक सुरु भएको एक वर्ष पुरा भएको छ । महिनौ सम्म कोभिड संक्रमण र भयावहबाट पूर्णतयाः प्रभावित बनेको विश्व समुदायको दैनिकी विस्तारै लय उन्मुख अर्थात् पुरानै अवस्था र गतिमा फर्किने क्रममा छ । तर, यसबेला फेरि कोरोना संक्रमण दर बढ्दो क्रममा देखिएको खबरले समाज तरंगित छ । कोरोनाको भयावह र आतंकको सकस लाग्दो दैनिकी बिर्सेर नियमित कर्ममा फर्किरहेकाहरुलाई फेरि भयग्रस्त बनाउन थालेको छ । लामो लकडाउन खुल्ला गरेर नियमित दैनिकीमा फर्कन प्रेरित गरेको नेपाल सरकारले समेत छिमेकी देशहरूमा कोभिड– १९ को संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै भिडभाड हुने कार्य नगर्न नगराउन अनुरोध गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भिडभाड हुने व्यवसाय र कार्य नगर्न आग्रह गरेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांक अनुसार १ देखि १५ मार्चसम्ममा विश्वमा ६१ लाख चार हजार पाँच सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो एक सातामा त हरेक दिन चार लाखभन्दा बढी संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । युरोपको अवस्था नाजुक छ । कोरोना भाइरसविरुद्धको दोस्रो चरणको भ्याक्सिन अभियान समेत चलिरहेको युरोपमा संक्रमित दर घट्नु भन्दा दिन प्रतिदिन बढ्न थाले पछि कतिपय युरोपियन देशले पुनः लकडाउन घोषणाको तयारी गरेका छन् । इरानमा कोरोना संक्रमण नियन्त्रण बाहिर छ । जहाँ एकैदिन कोरोनाका कारण ९७ व्यक्तिले ज्यान गुमाएका छन् । कोरोनाले सबैभन्दा धेरै क्षति पु¥याएको देशमध्ये भारत विश्वको तेस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ११ करोड चार लाख बढी नागरिक संक्रमित भइसकेका छन् । अहिले पनि भारतमा दुई लाख २३ हजार बढी सक्रिय संक्रमित छन् । भारतको नागुपर सहरमा एक वर्षपछि फेरि लकडाउन गरिएको छ । अन्य चार सहरमा ३१ मार्चसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

कोरोना भयावह पछिल्लो समय नियन्त्रण उन्मुख भएको आँकलन थियो । शहर बजारमा मानिसहरुको चहल पहल बढ्दो थियो । कोरोनाका कारण अस्तव्यस्त बनेका व्यापार व्यवसायहरु क्रमशः चलायमान हुन थालेका थिए । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन समेत आए पछि यसले ठूलो आशा र उत्साह जगाएको थियो । तर, पछिल्लो दुई साताको तथ्यांक हेर्दा कोरोना संक्रमण दर निरन्तर बढ्दो क्रममा छ । यसले फेरि कोरोनाको महामारी ल्याउने, जीवन दैनिकीहरु अस्तव्यस्त हुने, लकडाउनको अवस्था पुनः हुने हो कि भन्ने सन्त्रास पैदा भएको छ । भ्याक्सिन आएर आंशिक मात्रामा लगाउने अभियान चले पनि कोरोना नियन्त्रणको अचुक अस्त्र पूर्ववत सचेतता नै हो । भौतिक दुरी कायम गर्ने, मास्क, सेनिटाइजर लगायत सरकारले भनेको स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य रुपमा गम्भीरतापूर्वक पालना गरौं ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *