मालिका बलात्कार प्रकरण : सापकोटालाई ७ वर्ष कैद

आदर्श अनलाइन, बागलुङ
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका–५ मालिकाका ४० वर्षीय भरत सापकोटालाई ७ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्याधिश बासुदेव न्यौपानेको चैत १० गतेको इजलाशले कसुर ठहर गर्दै सापकोटलाई ७ वर्ष कैद सहित पीडितलाई १ लाख रुपैयाँ क्षतिपुर्ती र १ हजार तीन सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले बताउनुभयो ।

युवतीलाई सापकोटाले २०७७ साउन १६ र १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई साउन २१ गतेनै पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत भदौ ८ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरेको थियो ।

सापकोटा जिल्ला अदालतको भदौ ९ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *