बडिगाडमा चट्याङ लागेर बालकको मृत्यु


–आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा चट्याङले लागेर बालकको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका–८ नेटाखर्कमा चट्याङले लागेर ८ वर्षीय खिम बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

मंगलबार साँझ स्थानीय अम्मरे बिकको छोरा खिम बिकको घरमै बसेको समयमा चट्याङ लागेर गम्भिर घाइते बिकको उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बगालुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । चट्याङ्ले घरमा भने सामान्य क्षति गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *