बडिगाडमा जीप दुर्घटना, दुई घाईते


आदर्श अनलाइन, बागलुङ

बागलुङको बडिगाड गाउँपालिकामा पीकअप जीप दुर्घटना हुँदा २ जना घाईते भएका छन् । बडिगाड गाउँपालिकाको वडा नं ४ जलजलाबाट वडा नं ५ ग्वालिचौर तर्फ आउँदै गरेको बा २० च २८८० नं को पीकअप जीप मंगलबार राती दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीपमा सवार चालक गलकोट नगरपालिका वडा नं ७ का यम बहादुर बुढाथोकी र सहचालक गलकोट नगरपालिका वडा नं ६ कै सुजन गोतामे सामान्य घाईते भएका छन् । घाईते दुबैको अवस्था सामान्य रहेको बताईएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *