बागलुङमा राष्ट्रिय सहकारी बैंकको स्तरीकरण कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजनामा सहकारी स्तरीकरण सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको हो ।

बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमका बारेमा जानकारी दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बैंकका शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो ।

बैंकले सहकारीहरुको सञ्चालन प्रक्रियालाई व्यवस्थित गर्ने, सहकारी संघ संस्थाको सेवालाई गुणस्तरीयता सुनिश्चित गर्ने, समय सापेक्ष क्षमता अभिवृद्धि गर्ने तथा सहकारी संघ संस्था र सहकारी अभियानको छवि उच्च बनाउने उद्देश्यका साथ सहकारी स्तरीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

सदस्य सहकारी संस्थाहरुको अवस्थालाई सुधार गरी सक्षम संस्थाका रुपमा विकास गर्नका लागि बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रम सहयोगी हुने राष्टिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले जानकारी दिनुभयो । उहाले संस्थाको वित्तीय तथा सुशासनको अवस्थामा सुधार ल्याई प्रभावकारी सञ्चालनका लागि स्तरीकरण कार्यक्रममा सहभागी हुन सहकारी संघ संस्थाहरुलाई आव्हान गर्नु भयो ।

कार्यक्रममा बैंकका स्तरीकरण विभागका नव कुमार अधिकारीले स्तरीकरण कार्यक्रमको सञ्चालन प्रक्रिया, प्रभावकारिता र सहकारीको समग्र अवस्था सुधारमा खेल्न सक्ने भूमिका बारेमा सहजीकरण गर्नु भएको थियो । उहाँले स्तरीकरण कार्यक्रम मार्फत सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि बैंकले काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले स्तरीकरण कार्यक्रम सहकारीका सञ्चालकहरुका लागि आवश्यक रहेको भन्दै बैंकले समन्वय गर्न सुझाव दिएका थिए । बैंकले प्रारम्भिक देखि केन्द्रीय तहसम्म विभिन्न तहमा स्तरीकरण गर्ने कार्यक्रम अगाडि बढाएको छ ।

स्तरीकरण कार्यक्रममा सहभागी संस्थाहरुको समग्र अवस्थाको पहिचान गरी सुधारका लागि सुझाव तथा आवश्यक प्राविधिक सहयोग समेत गरिने अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *