पूर्व विद्यार्थीद्वारा विद्यालयमा अक्षयकोष स्थापना


– आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको सिगाना माध्यमिक विद्यालय तित्याङ बागलुङमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले विद्यालयमा अक्षयकोष खडा गरेका छन् ।

२०५२ सालमा कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूको समूहले विद्यालयमा रु. दुई लाख २६ हजार १०३ रकम बराबरको अक्षकोष स्थापना गरेको विद्यालयका प्रधानध्यापक गोपाल कुमार शर्माले जानकारी दिनुभयो ।

विद्यालयले आगामी वर्षदेखि सञ्चालन हुने प्रविधिमैत्री शिक्षण कार्यक्रमलाई सहयोग पुग्ने गरी बुधबार विद्यालयमै पुगेर पूर्व विद्यार्थीहरुले अक्षकोष स्थापना गरेको २०५२ सालको एसएलसी विद्यार्थी इन्द्रा खड्काले जानकारी दिनुभयो । ‘पूर्व विद्यार्थीहरुको योगदान आवश्यक रहेको भन्ने लागेको थियो’ खड्काले भन्नुभयो ‘कोष बढाउने गरी अहिले सानो रकमबाट शुरु गरेका छौं ।’

अक्षयकोष स्थापना कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर खड्काको अध्यक्षता, शिक्षक लक्ष्मण खड्काको स्वागत तथा प्रधानध्यापक गोपाल कुमार शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

अक्षयकोष स्थापना गर्न पुगेका विद्यार्थीहरुले तत्कालीन समयमा अध्यापन गराउने शिक्षकहरु गोपाल कुमार शर्मा, टोप बहादुर खड्का, लक्ष्मण खड्का, फरिन्द्र खड्का, कर्ण कार्की, नुतन प्रकाश गौतम, रुद्र खड्का र दिनानाथ गौतम लगायतलाई सम्मान समेत गरिएको २०५२ सालका एसएलसी व्याज टिका गौतमले जानकारी दिनुभयो । उक्त एसएलसी व्याजमा ४२ जना विद्यार्थी रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *