रोट्रयाक्ट सप्ताहको छैटौ दिन ट्राफिक सचेतना

आदर्श अनलाइन, बागलुङ
समाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लव अफ बागलुङले संचालन गरेको रोट्रयाक्ट सप्ताहको छैटौ दिन ट्राफिक सचेतना मुलक स्टिकर टाँस गरिएको छ ।

बिभिन्न रचनात्मक तथा सामाजिक कार्यका साथ सप्ताह संचालन गरेको क्लवले सवारी दुर्घटना न्युनिकरणका लागि सहयोग पु¥याउने उद्देश्यले ट्राफिक प्रहरी कार्यालय बागलुङको समन्वयमा मोटरसाइकल र स्किुटरमा ट्राफिक सचेतना मुलक स्टिकर टाँस गरिएको हो ।

तिव्र गतिमा सवारी नचलाउँ लेखिएको स्टिकर ३ सय ५० भन्दा बढि मोटरसाइकल र स्किुटरमा ट्राफिक सचेतनाका लागि टाँस गरिएको क्लवका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिनुभयो ।

रोटरी क्लव अफ बागलुङका सदस्य बिष्णुराज पन्त, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठक र स्टिकरका सहयोगदाता एवँ हिरो भिएस सोरुमका शशिकपुर श्रेष्ठले कार्यक्रमको शुरुवात स्किटर टाँसेर गर्नुभएको थियो ।

कार्यक्रममा बाल्दै रोटरी क्लव अफ बागलुङका सदस्य बिष्णुराज पन्तले समाजिक कार्यमा सक्रिय रोट्रयाक्ट क्लवले सन्देश मुलक स्टिकर टाँस गरेर ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा सहयोग पु¥याएको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले तिव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटना कम गर्नका मोटरसाइकल र स्किुटरमा टाँसीएका स्टिकरले सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रम क्लवका अध्यक्ष ताराप्रसाद शर्माको अध्यक्षता, कार्यक्रम संयोजक किशोर सापकोटाको स्वागत र क्लवका आगामि अध्यक्ष शिवबहादुर केसीको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *