बलात्कारको झुटो आरोप लगाउने युवतीलाई ५ हजार जरिवाना

आदर्श अनलाइन, बागलुङ
बलात्कारको झुटो आरोप लगाउने युवतीलाई जिल्ला अदालत बागलुङले ५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर ४ का २९ वर्षीय केशव डाँगीले आफुलाई पटक–पटक बलात्कार गरेको भन्दै बागलुङकी एक युवतीले २०७७ भदौ २९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएकी थिइन् । युवतीले प्रहरीलाई दिएको उजुरीमा आरोपितले २०७७ जेठ २२ गते देखि असार ५ गते सम्म पटक–पटक बलात्कार गरेको उल्लेख गरिएको थियो ।

युवतीको उजुरी पछि पक्राउ परेका डाँगीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले अनुसन्धान पुरा गरी २०७७ असोज १४ गते जिल्ला अदालत बागलुङमा पेश गरेको थियो ।

बिहीबार जिल्ला न्याधिश बासुदेव न्यौपानेको इजलाशबाट कसुर ठहर नभएको भन्दै आरोपित डाँगीले सफाई पाएका हुन ।

मुलुकी फौजदारी कार्यविधी समिता २०७४ को दफा ४४ मा झुटा मुद्धा लगाएर फसाउन खोज्नेलाई ३ महिना कैद, ५ हजार जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार डाँगीलाई बलात्कारको झुटो मुद्धामा फसाउन खोज्ने युवतीलाई ५ हजार रुपैयाँ जरिवाना सजाय फैसला गरिएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

डाँगी जिल्ला अदालत बागलुङको असोज १५ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *