सगरमाथासँगै चुलिएको बागलुङका कार्कीको चर्चा

आदर्श अनलाईन, बागलुङ

नेपालले पहिलो पटक सगरमाथाको उचाई नाप्न सफल भएको सबैलाई जानकारी नै छ । २०७६ वर्ष जेठ पहिलो साता सरकारले सगमाथाको उचाई नाप्न नापी विभागको प्राविधिक टोली सगरमाथा पठाएको थियो । एक वर्षको तयारी र तालिम पश्चात सरकारी प्राविधिक टोली सगरमाथा पुगेका थिए ।

सगरमाथा मापन गरी संकलन गरेको तथ्याङ्कका आधामा सगरमाथाको उचाई समेत थप भएको छ । सरकारले ८ हजार ८४८ मिटर उचाईमा रहेको सगरमाथाको उचाई ०.८६ थप भएर ८ हजार ८४८.८६ मिटर भएको छ । नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा २०७७ मंसिर २३ गते नयाँ उचाई सार्वजनिक गरेको थियो ।

सगरमाथाको उचाई सार्वजनिक भएसंगै एकाएक सगरमाथा मापनमा सहभागी नेपाली प्राभिधिक टोली चर्चाको शिखरमा पुगेका छन् । उनिहरुको उचाई सगरमाथाको उचाई जस्तै वृद्धि भएको छ ।

नयाँ उचाई सार्वजनिक गरेलगत्तै सगरमाथा उचाई मापन गर्नेको खोजी हहुन थाल्यो । सगरमाथाको चुचुरोमै पुग्ने नापी विभागका खिमलाल गौतम र रविन कार्कीको नाम एकाएक चर्चामा आयो । देशलेनै भन्यो सगरमाथा नाप्ने गोतम र कार्कीले सगरमाथा संगै नेपाललाई थप उचो बनाएका छन् ।

को हुन् कार्की

सगरमाथा आरोहण गर्नु आफैमा चुनौतीपूर्ण विषय हो । चुनौतीको पहाड विश्वको उच्च शिखर सगरमाथा आरोहण गर्न सानोतिनो हिम्मतले पुग्दैन जस्का लागि दृण संकल्प र आत्मबल आवश्यक पर्दछ । सगरमाथा शिखर चुम्ने कति आररोहीको इच्छा वीच बाटोमै तुइन्छ त कोही अरोही सगरमाथा चढेको खुसियाली साट्नै नपाएको कुरा हामीले सुन्दै आएका छौं ।

जीवन र मरणको दोसाधमा रहेर सगरमाथा आरोहण गर्ने देशको झण्डा फहराउने धेरैको इच्छा हुन्छ तर उक्त इच्छा कमैको मात्रै पुरा हुनछ । सरकारले रविन कार्की सहितको प्राविधिक समूहलाई सगरमाथा आरोहण मात्रै हैन मापनको समेत जिम्मेबारी सरकारले दिएको थियो । नेपालले पहिलोपटक सगरमाथाको उचाई मापन गर्नका खटाएको नापी विभागका चार सदस्य मध्यका एक हुन् नापि अधिकृत रविन कार्की ।

कार्की लगायतको चर्चा त्यती बेला सम्म थिएन जतिवेला सम्म सगरमाथाको उचाई सार्वजनिक भएको थिएन । मंसिरमा सरकारले सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेसंगै सगरमाथा मापनहरुको समेत उचाई ह्वातै बढेर गयो । बधाईको ओइरो लाग्यो, आरोहणका समयमा गरिएको अनुभव बाहिर आउन थाल्यो ।

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानामा जन्मेका २८ वर्षिय रविन कार्की नापी विभागको टोली संग सगरमाथाको मापनगर्ने सदस्यका रुपमा छनौट भएका एक सदस्य हुन् । उनिहरुको समूहले सगरमाथा आरोहण गरी सथरमाथाको उचाईको तथ्याङ्क लिएर सफलतापूर्वक फर्के । उनिहरुले आरोहणका क्रममा संकलन गरेको तथ्याङकका आधारमा सरकारले एक वर्ष ६ महिनामा सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको थियो ।

उचाई मापनमा सरकारलाई दुई उपलब्धी

नेपालले पहिलो पटक आफ्नै प्राविधिकद्वारा सगरमाथाको उचाई मापन गर्नु नै पहिलो उपलव्धी मान्दै आएको थियो । उचाई मापन गर्नु पूर्व नेपाल सरकारले प्राविधिक समूहलाई विभिन्न देशमा पठाएर तालिम समेत दिएको थियो । सगरमाथाको उचाई नेपाल आफैले नाप्नु पहिलो उपलव्धी थियो भने दोस्रो सगरमाथाको उचाईमा बृघि हुनु दोस्रो उपलव्धीका रुमा मान्दै आएको छ ।

सगरमाथाको आरोहण संगै उचाईको तथ्याङ्क संकलनका लागि पुगेका नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमकोे टोलीसंगै पुगेका रविन कार्कीले सगरमाथाको उचाई मापनले नेपालको शिर थप उच्च भएको बताउनुभयो । जीवनको अग्नि परिक्षा उर्तिण गरेको स्मरण गर्दै कार्कीले सगरमाथा आरोहण र मापनमा जती जटिल भएपनी सगरमाथाको उचाई सार्वजनिक संगै विर्सिएको बताउनुभयो ।

“आरोहण र मापनका क्रममा सगरमाथामा धेरै दुख, संघर्ष तथा आफूलाई समेत मृत्युको मुखमा पु¥याएर काम गरेका थियौं, यो दुख दुखमात्रै हुन्छ की भन्ने थियो” कार्कीले गर्भिलो महशुस गर्दै भन्नुभयो “तर अहिले सगरमाथाले नयाँ उचाई पाउदा सबै दुख संघर्षहरु सखद् घटनामा परिणत भए, हामी हर्षउल्लासमा पुग्यौं ।”

यसरी सफल भयो सगरमाथाको उचाई मापन

इन्जिनियर भइसकेपछि नापी अधिकृतका रुपमा नापी विभागमा कार्यरत रहँदा सगरमाथाको उचाई मापनमा लागि आवेदन कार्कीले भर्नुभयो । उहाँलाई त्यसवेला थाह थिएन सगरमाथा आरोहण यती कठिन छ भन्ने त्यही माथी सगरमाथाकै उचाई मापन गर्नु । कार्कीले भन्नुभयो “सगरमाथा आरोहण र उचाईको महत्व सगरमाथा चढ्ने क्रममा मात्रै धेरै बुझ्ने मौका मिल्यो” कार्कीले भन्नुभयो “एउटा राष्ट्र सेवकले जन्मभूमि प्रतिको माया र सद्भाव चुक्ता गर्न पाए ।”

पहिलोपटक सगरमाथाको उचाई मापनमा लागि छनौट भई सगरमाथा पुगेका कार्कीले आफ्नै मृत्यु देखेर आएको स्मरण गर्नुहुन्छ । “धेरै पटक मृत्युको जोखिममा पुगियो, सबैभन्दा ठूलो कुरा देश प्रतिको स्वाभिमान रहेछ, त्यही स्वाभिमान सहितको आत्मबलका कारण सफलता प्राप्त भएको छ ।”

सगरमाथा मापनका लागि नापी विभागका मुख्य नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेक्षण सुरज सिंग भण्डारी र अमिन युवराज धितालको समूह अन्तरािष्ट्रय गाईड छिरिङ जङ्बु शेर्पा, गाईड छेवाङ शेर्पा, पेमङनिमा शेर्पा र लाक्पा थिङ्द्रुत शेर्पाको समूह २०७६ चैत्र २६ गते काठमाण्डौंबाट सगरमाथाका लागि प्रस्तान गरेको थियो ।

जसमध्ये खिमलाल गौतम र रविन कार्की सहित गाईड छिरिङ जङ्बु शेर्पा र लाक्पा थिङ्द्रुत शेर्पा मापनका लागि सगरमाथाको चुचुरोमा सफलता पूर्वक पुग्नु भएको थियो । “काठमाण्डौबाट जब प्रधानमन्त्री के.पी शर्मा वली र तत्कालीन भूमि मन्त्री पद्मा अर्यालले विदाईका क्रममा फूलको माला गलामा पहिराउनुभयो त्यस क्षणमा देशको जिम्मेवारी बोकेर सगरमाथा तर्फ हिडे” कार्कीले भन्नुभयो “निकै गर्भिलो महशुस भएको थियो, जुन सुकै अवस्थामा पनि सफलता प्राप्त गर्ने संकल्पका साथ काठमाण्डौंबाट हिडेका थियौं ।”

सगरमाथाको आधार शिविर पुग्दा पाँच दिन ज्वरोले थला परे छैठौ दिनमा विरामी शरिरले उचाई मापन सामाग्री बोकेर हिम्मतका साथ पहिलो क्याप थर्फ लागियो, आधा शिविरमा उपचार समेत गराए, मनमा शंका उब्जन थालेको थियो कतै असफलत हुने हैन भन्ने तर अगाडि बढे स्वास्थ्यले साथ दियो, निकै भाग्मानी मान्दै अडाडी बढ्यौं ।

सगरमाथा चढ्नु पूर्वका तालिमहरु स्मरण गर्दै नापी विभागका दुई सदस्य आधा शिविरमा छोडेर एक नम्बर क्याम्प हुदै दुई नम्बर क्याम्प तर्फ लागेको कार्कीले बताउनुभयो । आरोहण दलका दुई गाईड छेवाङ शेर्पा, पेमङनिमा शेर्पाले स्वास्थ्य समस्याका कारण यात्रा स्थगन गरे ।

तीन नम्बर क्याम्पमबाट अक्सिजनको प्रयोग आवश्यक थियो । “निकै उकालो पार गर्दै अगाडि बढ्ने क्रममा आँखै अगाडीबाट चट्टानका साना साना टुक्रा हावाको वेग संगै खस्दा टाउको जोगाउनै मुस्किल भयो बाचिन्छ भन्ने लागेकै थिएन” कार्कीले भन्नुभयो “तर मर्न नलेखेपछि जस्तो परिस्थितिमा पनी बाँचिदो रहेछ भन्ने लाग्यो ।”

निकै असहजका वीच चार नम्बर क्याम्पमा पुगेका हामी मौसम निकै खरावीका कारण एक दिन यात्रा स्थगन गरियो अक्सिजन धेरै खपथ भयो । यात्राका क्रममा मरेका आरोहीहरुको लाश देख्दा मनमा चिसो पस्थ्यो, केही शंका लाग्थ्यो एकछिनपछि हिम्मत पलाउथ्यो उहाँले स्मरण गर्दै भन्नुभयो किनकी हामीले आरोहण मात्र हैन सगरमाथाको मापन समेत गर्नुछ ।

“क्याम्पमा सुत्ने बेलामा क्याम्प छेउमै लासका थुप्राहरु थिए, मनमा निकै डर लग्थ्यो सुत्न सकिएन” उहाँले भन्नुभयो ।

यात्रामा एक दिन ढिला हुँदा अक्सिजनको खपथ बढी हुँदा नपुग्ने समस्या थियो गौतम सरले एकपटक मलाई भन्नुभयो “तिमि जवान छौं, अक्सिजनको अभाव हुन सक्नेछ म यही बस्छु तिमि शिखरमा जाउ भन्नुभयो ।” पछि हिम्मतका साथ गौतम सर संगै चार जनाको टोली जेठ ७ गते १ः४५ बजे सगरमाथा तर्फ प्रस्थान ग¥यौं ।

वेलुका आठ बजे बालकोनीमा पुगेर अक्सिजन फेरेर पुनः उकालो लाग्यो अनेक समस्या संग जुद्दै विहान ३ वजे सगरमाथामा पुग्न सफल भयौ कार्कीले स्मरण गर्दै भन्नुभयो संसारको अग्लो चुचुरोमा पुग्दा थाम्नै नसकिने खुसीका आँशु बगे । चुचुरोमा पुगेका छिरिङ र लाक्पाको सहयोगमा गौतम सरले र मैले न्ल्क्क् च्भ्ऋभ्क्ष्ख्भ्च् र न्एच् सेट गरी तथ्याङ्क जम्मा गरी दुई घण्टामा चुचुरोबाट तल झ¥यौं । त्यतिबेला थकानको कुनै महशुस नभएको उहाँको भनाई रहेको छ ।
फर्किदा झनै समस्या

फकर्ने क्रममा अक्सिजन सकिन लागेको महशुस भयो बालकोनी सम्म आउन २०० मिटर बाँकी थियो एक्कासी विहोस भएछु थाहै भएन । कार्कीले भावकु हुँदै भन्नुभयो “गाईड छिरिङले मलाई उद्दारको लागि डोरीमा बाधिसक्नुभएको रहेछ” त्यसै क्रममा अपरिचित आरोहीले सहयोग गरेको एक सेट अक्सिजन शिलिण्डरको प्रयोगबाट बाच्न सफल भए यो दिन जेठ ८ गतेलाई मैले पुर्नजन्म भएको महशुस गरे । अपरिचिति आरोहीले दिएको एक सेट अक्सिजनका कारण जीवत हुन पाए अहिले सम्झदा निकै झसङ्ग हुन्छु ।

सगरमाथा आरोही र हामिमा केही फरक थियो उनिहरु खाना, पानी र अक्सिजन मात्र बोकेर सगरमाथा चढ्थे हामी मापन गर्ने यन्त्रसंगै सगरमाथा पुग्यो । सफल आरोहण पछि हेलिकप्टर मार्फत जेठ ९ गते काठमाण्डौ आएका नापी विभागको टोलीलाई सबैले गरेको सम्मानले आफ्ना लागि हिम्मत हारेपनि देशका लागि हिम्मत जुटाएको कारण सफलता हासिल गरेकोे कार्कीले बताउनुभयो । अहिले सगरमाथाको उचाई बृद्धि गर्दा निकै गर्भिलो महशुस गरेको छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *