प्रेस चौतारी बागलुङको जिल्ला भेला, पूर्व सहमति कार्यान्वयनमा जोड


–आदर्श अनलाइन, बागलुङ
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको जिल्ला भेला शनिबार सम्पन्न भएको छ । आसन्न नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको निर्वाचन लक्षित गरी आयोजना गरेको भेलाले पूर्व सहमती कार्यान्वयनमा जोड दिने निर्णय गरेको छ ।

अघिल्लो निर्वाचनमा प्रेस चौतारीका तर्फबाट नेतृत्व सर्बसम्मत गराउदा आगमी नेतृत्व आलोपालोमा गर्ने भन्ने सहमती रहेको भन्दै उक्त सहमती सकभर कार्यान्वयनमा लैजाने निर्णय भएको प्रेस चौतारी जिल्ला शाखा बागलुङका अध्यक्ष उमाकान्त शर्माले जानकारी दिनुभयो ।



यस्तै भेलाले आगमी नेतृत्व समेत सर्वसम्मत रुपमा चयन गर्नका लागि अधिकतम प्रयास गर्ने र जस्कालागि पूर्व सहमतीमा जोड दिने निर्णय भएको छ । भेलाले श्रमजीवि पत्रकार ऐन कार्यान्वयनका लागि नेपाल सरकार सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाल संग जोडदार माग गर्ने समेत निर्णय गरेको छ ।

‘पूर्व सहमती कार्यान्वयनमै भेलाको जोड आयो, जस्मा प्रेस चौतारीले समेत हस्ताक्षर गरेको अवस्था हो’ अध्यक्ष शर्माले भन्नुभयो ‘पूर्व सहमती र सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भन्ने भेलाको निश्कर्ष हो यसैलाई कार्यान्वयनमा लगेर जान्छौं ।’

यस्तै चौतारकीका तर्फवाट नेतृत्वको विषयमा छलफल, वार्ता र सम्बाद गर्नका लागि तीन सदस्यीय बार्ता कमिटि समेत गठन गरिएको छ । वार्ता कमिटिमा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राम बहादुर जिसी, प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्मा र खिम बहादुर कार्की रहनुभएको प्रेस चौतारी बागलुङका सचिव सृजना पन्तले जानकारी दिनुभयो ।



जिल्ला भेलामा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका इन्चार्ज रामकृष्ण शर्माले पत्रकारहरुको छाता संगठन श्रमजीविकै पक्षमा काम गर्ने हुनुपर्ने बताउनुभयो । उहाँले प्रेस चौतारीको नेतृत्वमै जिल्ला र केन्द्रमा पत्रकारहरुका पक्षमा उल्लेख्य काम भएको बताउदै प्रेस चौतारी जहिले श्रमजीवि पत्रकारको पक्षमा उभिएको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी नेपाल गण्डकी प्रदेश सह–इन्चार्ज विद्रोही गिरी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष राम बहादुर जिसी, पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्त, प्रेस संगठनका सल्लाहकार राम थापा र प्रगतीशिल पत्रकार संघ बागलुङका सचिव विजय रानाले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष नविनि शिशिर बिकको स्वागत मन्तव्य तथा सचिव सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *