बडिगाडको दुर्गम गाउँ भेडिखोरमा मोटरबाटो पुग्यो

कमल पौडेल, बडिगाड
बडिगाड गाउँपालिका वडा नम्बर ८ रणसिंह पोखरीडाँडा–भेडिखोर मोटरबाटो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

मोटरबाटोको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले भौतिक विकासको आधारसिला सडक भएको भन्दै सडक पहुँच संगै स्थानिय उत्पादन वृद्धि गर्दै आर्थिक उपार्जनमा लाग्नुपर्ने बताउनुभयो ।

बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले बडिगाड गाउँपालिकामा सडक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको भन्दै करिब सवै वडामा कच्ची सडक पुगेको बताउनुभयो ।

कार्यक्रममा वडा नं. ८ का अध्यक्ष याम बहादुर श्रीस, वडा नं. ६ का अध्यक्ष मौसमकाजि क्षेत्री, स्थानिय जंग बलाल, लिल प्रसाद घर्ति लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

पञ्चेबाजा सहित गरिएको मोटरवाटो उद्घाटनमा स्थानियहरुको वाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम मोटरवाटो उपभोक्ता समितिका लोक बहादुर सुनारको अध्यक्षता, भृकुटी माविका प्रधानाध्यापक टेक बहादुर श्रीसको स्वागत मन्तव्य तथा हमाल घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *