कालोपत्रेको चरणमा बलेवा विमानस्थलको धावनमार्ग

आदर्श अनलाइन, बागलुङ

बागलुङको बलेवा विमानस्थल कालोपत्रेको चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्रेका लागि तयार भएको छ । विमानस्थलको तारबार, नाली तथा ग्राभेलको काम सकिएको र अब कालोपत्रेको मात्रै काम बाँकी रहेको छ ।

विमानस्थललाई बाह्रै महिना सञ्चालनका लागि धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का मार्फत गत फागुनमा काम शुरु गरेको भएपनि बन्दाबन्दीका कारण निर्माणमा केही ढिलाई भएको थियो ।

धावनमार्ग कालोपत्रे गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा विनियोजन गरेको रु. चार करोड रकमले कालोपत्रेको काम प्रारम्भ गरिएको थियो ।

यही वैशाख भित्रै विमानस्थलको ७०० मिटर लम्बाई तथा ३० मिटर चौडाई धावनमार्ग कालोपत्रे गरी सक्ने तयारीका लागि लागेको निर्माण कम्पनीले जनाएको छ । नागरिक उड्डन प्राधिकरणले कालोपत्रे गर्नका लागि काष्ठमण्डब उमा एण्ड कम्पनी जेभी, बल्खु संग रु.सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।

बैशाख भित्र कालोपत्रे सम्पन्न गरी जेठमै हस्तानतरण गर्ने काष्ठमण्डब उमा एण्ड कम्पनीका फिल्ड इन्चार्ज बासु थापाले जानकारी दिनुभयो । “अहिले विमानस्थलको कालोपत्रे बाहेक सबै पूर्वाधार निर्माण सम्पन्न भएको छ, कालोपत्रेका लागि प्लान्ट राख्ने तयारी थालिएको छ” थापाले भन्नुभयो “वैशाख भित्रै विमानस्थल कालोपत्रे गरेर सक्ने तयारी छ, अहिले सम्म बेस, सब बेश, नाली तथा तारवारको काम सकिएको छ, कालोपत्रे बिच्छाउन मात्रै बाँकी हो ।”

२६ वर्ष देखि बन्द अवस्थामा रहेको बिमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालन आएर नेपाल एरलाईन्स तथा तारा एरलाईन्सले केही महिना उडान भरेपनि आवश्यक पूर्वाधारको अभावमा अहिले बन्द छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थल संग पुग्ने सडक कालोपत्रे नहुँनु लगायतका समस्याका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुन बन्दभएपछि नागरिक उड्डन प्राधिकरणले विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न थालेको हो ।

साविक धौलागिरी अञ्चलको बागलुङ, पर्वत र म्याग्दीका जनतालई हवाई सेवा प्रदान गर्ने गरी प्राधिकरणले धावनमार्ग कालोपत्रे गर्न लागेको हो । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुँने सरोकारवालाहरु बताउछन् । वर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि बिमानस्थल बन्द भएको धन्दै कालोपत्रे गरेर विमानस्थल सञ्चालनमा आउने भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *