बागलुङ समाज दक्षिण कोरियाको अध्यक्षमा विदुर शर्मा

आदर्श अनलाइन, बागलुङ ।
बागलुङ समाज दक्षिण कोरियाको नवौं अधिवेशन आइतबार सम्पन्न भएको छ ।

‘प्रवासी भूमीमा बागलुङेहरुको एकता, सामाजिक कार्यमा सबैको सहभागिता आपतकालीन अवस्थामा बागलुङ समाजको आवश्यकता’ भन्ने मुल नाराका साथ स्थापित समाजको अध्यक्षमा विदुर शर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

समाजको बरिष्ठ उपाध्यक्षमा भूमिराज भुसाल, उपाध्यक्षमा सुदिप श्रेष्ठ, सोम ढकाल र मनोज थापा, सचिवमा राजु नेपाली, कोषाध्यक्षमा दुर्गा गुरुङ, सह–कोषाध्यक्षमा रेशम शर्मा र सदस्यहरुमा अमृत वाग्ले, विशाल थापा, दिल बलामी, रञ्जु पौडेल, रोमा के सी, केशव आचार्य, डम्मर के सी, जनक पन्त, प्रेम कार्की र सुमन गाहा मगर रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *