काँग्रेसद्धारा हत्याको निष्पक्ष छानविन र कारबाहीको माग

आदर्श अनलाइन, बागलुङ
बडिगाड घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारवाहीको दायरामा ल्याउने नेपाली कांग्रेस बागलुङले माग गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कारवाही गर्न र घाइतेको उपचार गर्न सरकारसँग आग्रह गरेको छ ।

जिल्ला सभापति दिपेन्द्र बहादुर थापाद्वारा हस्ताक्षेरित विज्ञप्तीमा कांग्रेस जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरि योजनाबद्ध रुपमा हत्या गरिएको घटना प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

घटनाको विषयमा विभिन्न समाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको र सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भइएको विज्ञप्तीमा उल्लेख छ । झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचारमा सरकारले गर्नु पर्ने बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *