घुम्टे युवा परिवारको ऐतिहासिक होली मेला (तस्विर सहित)


आदर्श अनलाइन, बागलुङ
घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्मको ३६ औ वार्षिकोत्सव तथा होली पुर्णिमा मेला २०७७ सकिएको छ ।

मुख्य समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मल्मको होली मेला गलकोटकै ऐतिहासिक मेला भएको बताउनुभएको थियो । उहाँले गलकोटको होली मेलाले गलकोटकै ऐतिहाँसिक, साँस्कृतिक पक्षलाई समेटेको भन्दै क्लबहरुले विभिन्न खेलकुदका कार्यक्रम सँगै सामाजिक कार्यमा अग्रसर हुनुपर्ने बताउनुभयो । गैरेले घुम्टे युवा परिवारले सामाजिक कार्यमा अग्रसर हुर्दै पर्वको विशेष महत्व बुझेर होली मेला गर्दै आएको प्रति आभार समेत व्यक्त गर्नुभयो ।



उहाँले होली पौराणिक सँगै माया सद्भाव सँगै जोडिएको पर्व भएकोले यसको महत्व बुझेर मात्र होली मेला मनाउनुपर्ने भन्दै पछिल्लो समय यसलाई विकृतिको रुपमा जथाभावी मनाउन नहुने समेत बताउनुभयो ।



कार्यक्रमको अवसरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल प्रतियोगितामा घुम्टे युवा परिवार आयोजक प्रथम र दि प्रतिज्ञा होम डेकोरेट सेन्टर द्धितिय भएका छन् । त्यस्तै खुल्ला कृषि प्रदर्शनी मेलामा ७ वटा विधामा पुरस्कृत गरिएको थियो । त्यस्तै सामुहिक लोक नृत्य प्रतियोगितामा गोल्डेन फुयुचर बोर्डिङ स्कुल प्रथम, न्यु लाइफ आवसिय मा.वि द्धितिय र सँस्कृति संरक्षण मञ्च काँडेबास तृतिय भएका छन् ।



१३ गतेदेखि सञ्चालन गरिएको मेला १५ गते सकिएको छ । कार्यक्रममा भू.पु भलिवल खेलाडी दुईजना, पूर्व सक्रिय समाजसेवी दुई जना, जेष्ठ नागरिक दुई जना, युवा व्यवसायी दुई जनालाई सम्मान गरिएको छ । वडा भित्रका ६ सामुदायिक विद्यालयका उत्कृष्ट एक÷एक जना विद्यर्थाीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । कार्यक्रममा विपन्न दुई परिवारलाई खाद्ययन्न सहयोग गरिएको थियो ।



नौमतीको कला संस्कृति तथा विविध सांस्कृति मेला गरिएको थियो । कार्यक्रममा विभिन्न सहयोगदाता, प्रायोजक, पत्रकार लगायतलाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा गलकोट समाज जापान क्षेत्रिय समिति टोकियो कान्तोबाट संकलित दुई लाख २९ हजार राहत रकम गलकोट नगरपालिका–७ माइतीघर हाल बेनी नगरपालिका–२ बस्ने मिना घिमिरेलाई प्रदान गरिएको गलकोट समाज गलकोटका सदस्य छुम बहादुर थापाले जानकारी दिनुभयो ।



कुक भिषामा जापान जानुभएका मिना घिमिरेका श्रीमान रेशम बहादुर घिमिरेले नेपालमा विदामा आएको समयमा निधन भएकाले उहाँलाई राहत रकम दिइएको हो । सो अवसरमा विपन्न परिवारका सस्वती गुरुङ र कुमारी दर्जीलाई राहात विवतरण गरिएको थियो । कार्यक्रम घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापाको अध्यक्षता, उपाध्यक्ष जिबन साहानीको स्वागत, सचिव साबित्री केसी र खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *