१५ वर्षीय युवतीलाई जवरजस्ती गरेको आरोपमा चार पक्राउ

आदर्श अनलाइन, स्याङ्जा
स्याङ्जाको हरिनास गाउँपालिकाबाट १५ वर्षीय युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

चार जना पुरुषहरुले प्रन्ध वर्षीय युवतीलाई जवजस्ती करणी गरेको जाहेरी दरखास्तका आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

प्रक्राउ परेका उनीहरुलाई करणी सम्बन्धी कसुर ”जबरजस्ती करणी उद्योग” मुद्धामा मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरुमा हरिनास गाउँपालिका वडा नं ६ बस्ने २९ वर्षीय जेवन्त बहादुर खवास, ४२ वर्षीय दिल बहादुर राना, १८ वर्षीय जयम रुचाल र २९ वर्षीय निलेश रहेको प्रहरीले बताएको छ ।

प्रहरीले जिल्ला अदालत स्याङ्जाबाट आज सात दिनको म्याद थप अनुमति लिई उनीहरुलाई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *