बागलुङे युवाको अभियानः गाजा दहमा मोटर साइकल यात्रा !

आदर्श अनलाईन, बागलुङ
नजिकको तिर्थ हेला भन्ने प्रचलित उखान त्यसै बनेको होइन रहेछ । चाहे त्यो मान्छे होस् या भौगोलिक स्थान । दुवैका हकमा यो पुरानो उखानको नमिठो यथार्थता छ । धेरै मानिस र जिल्लाका प्रयाप्त सम्भावना बोकेका पर्यटकीय स्थलहरुले यही नियति भोगिरहेका छन् ।

त्यसैले आँफ्नै जिल्ला बागलुङको पर्यटकीय गन्तव्य स्थलको प्रचार प्रसार गर्ने उद्धेश्यले बागलुङका युवाहरुको विषेश पहल र संयोजनमा नयाँ अभियान सञ्चालन गर्न लागिएको छ । स्थानीय स्थलहरुको चिनारी गराउने गरी बागलुङमा ‘पहिला गृह जिल्ला, अनि चार किल्ला’ भन्ने उद्घोष सहित गाजाको दह सम्म शनिबार मोटरसाईकल यात्रा गरिनेछ ।

बागलुङका युवाहरुको आयोजनामा हुन लागेको मोटरसाइकल यात्रालाई सफल बनाउँनको लागि घुमन्ते दि अमेजिन ट्राभल्सका सदस्य समेत रहेका बागलुङको तित्याङका युवा खिमबहादुर क्षत्रीलाई संयोजक बनाईएको छ । युवाहरुको संक्रियता र पहलमा हुन लागेको मोटरसाइकल यात्रालाई जिल्ला पर्यटन विकास समिति बागलुङ, घुमन्ते दि अमेजिन ट्राभल्सले सहयोग गरेका छन् ।

आन्तरिक भ्रमण वर्ष सन् २०१९ र सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल बनाउने र युवाहरुको संक्रियतामा जिल्लाको प्रचार प्रसार सम्भव छ भन्ने उद्देश्यले बागलुङ बजारदेखि पर्यटकीय स्थल गाजाको दह सम्म मोटरसाईकल यात्रा गर्न थालिएको संयोजक क्षेत्रीले बताउँनुभयो ।

यात्रामा सामुदायिक घरबास गाजाको दहले पनि सहयोगी भूमिका खेलेको छ । सरकारले निकालेको एक सय पर्यटकीय गन्तव्यहरुको सूचीमा रहेको कालिका मन्दिर र गाजाको दहलाई जोड्नका लागि मोटरसाईकल यात्राले सहयोग पुग्ने जिल्ला प्रयर्टन विकास समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । ‘गण्डकी प्रदेश सरकारको आन्तरिक तथा नेपाल भ्रमण वर्ष सफल बनाउन यसले प्रचारात्मक र प्रर्वद्धनात्मक सहयोग हुनेछ’ खड्काले भन्नुभयो, ‘ युवाहरुले थालेको मोटरसाईकल यात्राले गाजाको दहको ऐतिहासिक महत्वका बाहिर ल्याउनेछ ।’ कालिका मन्दिर आउने पर्यटकको केही भाग गाजा दह पु¥याउने लक्ष्य रहेको खड्काको भनाई रहेको छ । मोटरसाइकल यात्रीलाई कालिका मन्दिरदेखि, बागलुङ बजार, सिगानको बेसी, बलामकोट, बौडेचौर र चापाखर्क हुँदै गाजाको पु¥याउने बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष राजन जिसीले जानकारी दिनुभयो ।

गाजाको दह तथा चापाखर्कबाट धवलागिरी हिमाल, अन्नपूर्ण हिमाल र निलगरी हिमाल जस्ता एक दर्जन बढी हिमालको दृश्वअवलोकन गर्न सकिनेछ । गाजाको दह प्राकृतिक तथा धार्मिक रुपमा समेत निकै महत्वका रुपमा मानिन्छ । जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमानामा अवस्थित गाजाको संरक्षणका लागि विभिन्न प्रयास समेत थालिएको छ । सामुन्द्रिक सतहदेखि दुई हजार ५०० मिटरको उचाईमा रहेको गाजाको दह धार्मिक, सांस्कृतिक र ऐतिहासिकको संगम स्थलको रुपमा विकास गर्न सकिने जिल्लाको महत्वपूर्ण स्थानका रुपमा लिदै आइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *