तास खेलिरहेको अवस्थामा मन्त्री गुरुङसहित ५ जना पक्राउ

आदर्श अनलाइन, पोखरा
पोखरामा जुवा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका – १३ कमलपोखरीमा तास खेलिरहेको अवस्थामा पोखरा – १० बस्ने एक जना र १३ बस्ने ४ जनालाई आइतबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मादी गाउँपालिका १० भाचोकका ३६ वर्षीय मन्त्री गुरुङ तथा पोखरा १३ कमलपोखरी बस्ने लमजुङ मर्स्याङ्दी गाउँपालिका ९ का मानसिंह गुरुङ, ३९ वर्षीय ईश्वरीराज गुरुङ, लमजुङ क्होलासोथार गाउँपालिका ७ का ५६ वर्षीय राम बहादुर गुरुङ र गोरखा भीमसेन गाउँपालिका २ का २९ वर्षीय नवीन गुरुङ रहेको प्रहरी निरीक्षक दीपक केसीले बताउनुभयो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १३ हजार चार सय ५५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको केसीले जानकारी दिनुभयो । उनीहरूलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *