वायु प्रदुषण कहर : बागलुङ नगर र बरेङ गाउँपालिकामा पठनपाठन नियमित

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका र बरेङ गाउँपालिकाले वायु प्रदुषणको असर नपरेको भन्दै विद्यालय नियमित सञ्चालन गर्ने भएका छन् ।

शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले वायु प्रदुषणका कारण बालबालिकामा समस्या पर्ने भन्दै सोमबारदेखि चार दिनको लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

बागलुङ नगरपालिकाले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै विद्यालय संचालन गर्न निर्देशन गरेको हो । नगर शिक्षा अधिकारी डण्डपाणी शर्माद्वारा हस्ताक्षेरित विज्ञप्तीमा लामो समयदेखि कोरोनाका कारण विद्यालय बन्द हुँदा पठनपठान प्रभावित भएको र विस्तारै शिक्षण सिकाई क्रियाकलाहरु सुरु भएको हुँदा स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठनलाई निरन्तरता दिनुपर्ने उल्लेख छ ।

बरेङ गाउँपालिकाले पाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको मङलबार बसेको बैठकले पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *