कालीगण्डकी नदी थुनेर ८४४ मेगावाट विद्युत निकाल्न अध्ययन

खेमराज गौतम, बागलुङ

पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदि थुनेर विद्युत निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ ।

बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदि थुनेर जलाशय युक्त जलविद्युत आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भीक अध्ययन पछि बातावरणीय प्रभाव मुल्याङकन गर्न थालिएको छ । विद्युत विकास विभागले अध्ययनका लागि गोलोबल टेण्डर मार्फत परामर्श दाताको रुपमा अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई जिम्मा दिएपछि अध्ययन थालिएको विद्युत विकास विभागका इन्जिनियर रवि नेपालले जानकारी दिनुभयो । नेपालका अनुसार अहिले वातावरणीय प्रभाव मुल्याङ्कनका लागि क्षेत्र निर्धारणको काम भइरहेको छ ।

८४४ मेगावाट विद्युत उत्पादन गर्नेगरी निर्माण गर्ने भनिएको प्रस्तावित कालिगण्डकी जलाशय युक्त जलविद्युत आयोजना नेपालमै सबैभन्दा ठूलो जलविद्युत आयोजना रहेको छ । विद्युत विकास विभाग प्रस्तावक रहेको यस आयोजनाको अहिले प्रभावित क्षेत्र, डुवान क्षेत्र, बाँध र विद्युत गृह निर्माण गर्ने क्षेत्र निर्धारणको लागि काम भइरहेको छ ।

बागलुङ जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, पर्वत जिल्लाको कुस्मा नगरपालिका, जलजला गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका, पैयु गाउँपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिका समेट्ने गरी उक्त आयोजनाको क्षेत्र निर्धारणको काम भइरहेको अध्ययनको जिम्मा पाएको जेभी स्मेक इन्टरनेशनल अष्ट्रेलिया र जेड कन्सल्ट नेपालले जनाएको छ ।

अहिले उक्त सात पालिकामा प्रावित हुँन सक्ने वडाहरु र सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्राणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्राणाली र आर्थिक प्रणालीका लागि सुझाव संकलन समेत भइरहेको छ । यसका लागि उक्त परामर्शदाताले सार्वजनिक सुचना निकाल्ने, सार्वजनिक सुनुवाई गर्ने लगायतका कार्य गरिरहेको कालिगण्डकी जलाशय युक्त जलविद्युत आयोजना निर्माणका लागि पहलकदमी गर्ने फलेवास नगरपालिकाका नगर प्रमुख पदमपानी शर्माले जानकारी दिनुभयो ।

उहाँले यसलाई जलविद्युत संगै पर्यटनका हिसाबले समेत फड्को मार्नका लागि जलाशययुक्त जलविद्युत आयोजनाको प्रस्ताव दुई वर्ष अघि मन्त्रालयमा पु¥याएमा अहिले काम शुरु भएकोे बताउनुभयो । “शुरुमा निर्वाचित भएर आएपछि नगरको समृद्धिका लागि के गर्न सकिन्छ, जस्का लागि दिर्घकालिन र बहुउदेश्यीय परियोजनाको खोजी ग¥यौ, अध्ययनका क्रममा जलविद्युत नै देखियो” नगरप्रमुख शर्माले भन्नुभयो “प्रारम्भिक अध्ययनका क्रममा हाम्रो मात्रै नगरपालिका नभएर जलाशय युक्त जलविद्युत निर्माण गर्दा बागलुङ नगर पालिका, जैमिनी नगरपालिका, गुल्मीको कालिगण्डकी गाउँपालिका सहित पर्वतको जलजला,विहादी र पैयु गाउँपालिका समेत समेटिएको छ, यसले गण्डकी प्रदेशको मात्र नभएर नेपालकै समृद्धिको आधार बन्नेछ ।”

शर्माका अनुसार आफुले निर्माण गरेको प्रस्तावमा अन्य क्षेत्रका स्थानीय तह तथा उर्जा मन्त्रालयले चासोका साथ योजनामा राखी यसवर्ष वातावरणीय प्रभाव मुल्याङ्कन गर्नका लागि बजेट छुट्टयाएर अघि बढेका कारण सबैको सहयोगमा उक्त योजनाले मूर्त रुप लिनेमा विश्वास गरेका बताउनुभयो ।

आयोजना अबको ७ देखि १० वर्षमा सम्पन्न गर्ने गरी अध्ययनको काम भइरहेको छ । नेपालकै अन्य जलाशय युक्त जलविद्युत आयोजना भन्दा ठूलो, सस्तो र कम क्षति पु¥याउने उक्त आयोजना देशकै नमूना हुँने र पर्यटकीय हिसावले समेत निकै ठूलो फड्को मार्नेमा विश्वास लिएको प्रभावित नगरपालिका बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

अहिले ८ देखि १० करोड लागतमा अध्ययन भइरहेको उक्त आयोजना निर्माण गर्न पर्वत जिल्लाको बिहादी गाउँपालिका–६ र गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिकामा बाँध बनाइने छ भने बिहादीकै वडा नम्बर ६ मा बाँध भन्दा झण्डै चार किलोमिटर तल विद्युत गृह निर्माण गरीने प्रारम्भिक अध्ययनमा उल्लेख गरिएको छ । बिहादीमा २५० मिटर अग्लो बाँध बनाएर कालिगण्डकी नदि थुन्दा पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ नयाँपुल सम्म पानी जम्मा हुँनेछ ।

बातावरणी प्रभाव मुल्याङ्कनका लागि प्राभाव पार्न सक्ने क्षेत्रका रुपमा बागलुङ नगरपालिकाका १३ वटा वडा, जैमिनी नगरपालिकाका १० वटा वडा, काठेखोला गाउँपालिकाको चार वटा वडा, बरेङ गाउँपालिकाकोे एक वडा, पर्वत जिल्लाको जलजला गाउँपाकिलाको ८ र ९ वडा, बिहादी गाउँपालिकाको ६ वटा वडा, पैयु गाउँपालिकाको ७ वटा वडा, मोदी गाउँपाकिलाको चार वटा वडा र महाशिला गाउँपालिका ६ वटा वडा, स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाको २ वडा, वालिङ नगरपालिकाको चार वटा वडा, भिरकोट नगरपालिकाको २ वटा वडा, अर्जुन चौपारीको २ वटा वडा र गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाको ७ र सत्यवती गाउँपालिकाको १ वडा अनुमानित गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *