बडिगाडमा मछामार्ने बम बनाउने क्रममा विस्फोट, दुई जना गम्भिर घाइते

आदर्श अनलाइन, बागलुङ
बागलुङको बडिगाडमा माछा मार्ने बम बनाउने क्रममा बिस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

बडिगाड गाउँपालिका वडा नम्बर २ सिमलचौरमा २८ वर्षीय अरुण कुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक बिस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

बम बोस्फोटमा मित्र राना र अरुण कुमार पुन घाइते भएको हवारीको भनाई छ । उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको प्रअरीले जनाएको छ ।

घाइते दुवै जनालाई उपचारको लागी पाल्पा स्थित प्रभास अस्पताल पठाईएको सूचना अधिकारी हवारीले बताउनुभयो । यस विषयमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *