अपाङ्गता भएकी बालिका बलात्कारको आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

आदर्श अनलाइन, बागलुङ

१५ वर्षीया अपाङगता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ८० वर्षीय वृद्धलाई गिरफ्तार गरेको छ ।

बागलुङको काठेखोला गाउँपालिका–१ पालाका वृद्धलाई चैत १२ गते बारीमा मल लिएर गएकी बालिकालाई बलात्कार गर्दै गरेको अवस्थामा स्थानीयले रंगे हात फेला पारेका थिए ।

आर्थिक अवस्था कमजोर र बालिका अपाङ्गता भएकै कारण गाउँमै मिलाउन खोजिएको भएपनि बलात्कार गर्दै गरेको भिडियो समेत स्थानीयले खिचेको कारण एक साता पछि मात्र घटना सार्वजनिक भएको पाईएको छ ।

पीडित पक्षले चैत १८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएपछि आरोपित वृद्धलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

बालिकाको चैत १८ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *