पत्रकार महासंघ गण्डकी प्रदेश महासचिवमा बागलुङका शिरीषको उम्मेदवारी

आर्दश अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको महासचिवमा उम्मेदवारी दिनुभएको छ । आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकका कार्यकारी सम्पादक समेत रहनुभएका शिरीषले प्रेस चौतारीका दिपेन्द्र श्रेष्ठ नेतृत्वको संयुक्त प्यानलबाट गण्डकी प्रदेश महासचिवमा उमेद्ववारी दिनुभएको प्रेस चौतारी गण्डकी प्रदेश संयोज रामकृष्ण शर्माले बताउनुभयो ।

शिरीषले प्रेस चौतारी नेपाल गण्डकी प्रदेका सह–संयोजक बिद्रोही गिरी प्रस्तावक तथा प्रेस चौतारी कास्कीका संयोजक अर्जुन गिरीको सर्मथकमा उमेद्ववारी दर्ता गराउनुभएको छ । आज देशभरका सात वटै प्रदेश समितिमा मनोनयन दर्ता गर्नका लागि निर्वाचन कार्यतालिका तोकिएको थियो ।

डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल शिरीष २०७०–०७३ सालमा सर्वाधिक मतबाट महासंघ बागलुङ शाखाको सचिवमा निर्वाचित हुनुभएको थियो भने २०७३ सालमा सर्वसम्मत रुपमा अध्यक्षम चयन हुनुभएको थियो ।

उहाँ हाल अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका बागलुङ प्रतिनिधि, धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्श सञ्चार अनलाईनका कार्यकारी सम्पादक हुनुहुन्छ । शिरीष लामो समय धौलागिरीको पहिलो रेडियो धौलागिरी एफ.एमको स्टेशन प्रमुखको रुपमा समेत काम गर्नुभएको थियो ।

शिरीषको नेतृत्व रहेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सुविधा सम्पन्न आफ्नै भवन निर्माण गर्न सफल भएको छ । यस्तै सदस्यता शुद्धिकरण र सूचना केन्द्र स्थापनामा समेत शिरिष नेतृत्वको जिल्ला शादा सफल भएको छ । उहाँ नेतृत्वको बागलुङ शाखा नेपाल पत्रकार महासंघको फागुन ७ गते भएको केन्द्रीय अधिवेशनको उद्घाटन समारोहमा देशभरमै उत्कृष्ट शाखाको रुपमा समेत सम्मानित भइसकेको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले शिरीषलाई महासचिवमा उमेद्ववारी बनाउने निर्णय गरेर प्रेस चौतारी गण्डकी प्रदेशमा पठाएको थियो । यस्तै चौतारी बागलुङका तर्फबाट सदस्यमा रविना बोहोरा तथा कृष्ण कंडेललाई समेत उमेद्ववारीका रुपमा सिफरिस गरेको थियो । आज भएको मनोनयनमा प्रेस चौतारीका दिपेन्द्र श्रेष्ठ नेतृत्वको संयुक्त प्यानलबाट गण्डकी प्रदेश समितिको सदस्यमा बागलुङबाट रबिना बोहोरा र कृष्ण कंडेलले समेत उम्मेदवारी दिनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *