६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान

आदर्श अनलाईन, बागलुङ
६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमाखुल्ला रक्तदानकार्याक्रम सम्पन्नभएको छ । बागलुङ को–अपरेटिभम्यानेजर्स क्लवले दिवसको अवसार पारी रक्तदानकार्याक्रम गरेको हो ।

रक्तदानकार्याक्रममाबोल्दै नेपाल रेडक्रस सोसाईटीबागलुङका उप–सभापती राजेन्द्र आचार्यले मठमन्दिरमापुजागर्नुभन्दा रक्तदानगर्नु अझै पवित्रकार्य भएको बताउनुभएको थियो । उहाँले रक्तादानगर्नेमानिसले जीवनदान गरेको भन्दै आगामीदिनमापनि यस्ता कार्याक्रमको आयोजनागर्न आग्राहगर्नुभयो ।

कार्यक्रममाबागलुङ को–अपरेटिभम्यानेजर्स क्लवकाअध्यक्षदिपक राजभण्डारीले सहकारी संघ संस्थाहरु सहकार्य गर्दै सामाजिककार्यमाअगाडीबढनुपर्ने बताउनुभएको थियो । उहाँले व्यक्तीर संस्थाको आर्थिक उन्नती सँगै शिक्षा र स्वास्थ्यमापनि सहकारीले सामाजिक सदभाव राख्दै कामगर्नुपर्ने बताउनुभयो ।

रगतअभावकै कारणउपचारमाअफ्ट्यारो नपरोस भन्ने सन्देश दिनको लागिकार्यक्रमको आयोजनागरिएको भन्दै राजभण्डारीले आवश्यकता परे जुनसुकै समयमापनि सहकारीकर्मी रक्तदानगर्न तयार रहने बताउनुभयो । कार्यक्रममा १५ जना सहकारीकर्मीले रक्तदान गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *