रेडियोको रक्तदान कार्यक्रममा २ सय ४३ युनिट रगत संकलन

आदर्श अनलाइन, पोखरा 
रेडियो अन्नपूर्णको १९ औं बृहत रक्तदान कार्यक्रममा २ सय ४३ युनिट रगत संकलन भएको छ । शनिबार रेडियोकै प्रांगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ९९ जना पुरुष र ४४ जना महिलाले रक्तदान गरेका हुन् । यस्तै नयाँ रक्तदाताको संख्या ७६ छ । नेत्रहीन संघ कास्कीका १५ जना दृष्टिविहिनले समेत रक्तदान गरेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडीओ) थानेश्वर गौतमले रेडियोले रक्तदान कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व बहन गरेको बताएका छन् । समाजमा भए गरेका विकृतिलाई चिर्दै सही सचुना प्रसारण देखि समाजमा भएका समस्या समाधानका लागि रेडियो अन्नपूर्णले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए । गौतमले रक्तदान जस्ता कार्यक्रमलाई आफूले सामाजिक दुरी कायम गर्दै आयोजना गर्न दिएको जानकारी गराए । कोरोनाका बेला बढी भीडभाड नगर्न उनको अनुरोध छ ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले सामाजिक परिवर्तनको अभियानमा विगत २० वर्षदेखि रेडियो अन्नपूर्ण अनवरत रुपले लागिरहेको बताएका छन् । मधेशमा शीतलहर आउँदा, सेतीमा बाढी आउँदा र पहाडमा पहिरोले पुरिँदा पीडित परिवारको राहतका लागि रेडियोले उल्लेखनिय भूमिका खेलेको उनले बताए । रेडियो अन्नपूर्ण रक्तदान कार्यक्रमलाई उनले एक उत्सवका रुपमा व्याख्या गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले रेडियोले वर्षेनी आयोजना गर्दै आएको रक्तदान कार्यक्रमले धेरै नयाँ रक्तदाता जन्माएको उल्लेख गरे । हरेक क्षेत्रमा सक्रिय भूमिका निभाई आफूलाई एक सफल सञ्चारमाध्यमका रुपमा परिचित गराउन सफल रेडियोको आफू समेत ठूलो प्रशंसक रहेको उनले बताए ।

रेडियोका अध्यक्ष विश्वशंकर पालिखेले विगत १९ वर्षदेखि रेडियोले रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी गराए । उनले सबैको साथ सहयोगले नै रक्तदान कार्यक्रम हालसम्म निरन्तर आयोजना गर्दै आएको बताए । भविष्यमा समेत यसको निरन्तरताको अपेक्षा उनले गरेका छन् ।

प्राइम सहकारी संस्थाका अध्यक्ष निर्देश कोइरालाले रेडियो अन्नपूर्णसँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा समेत रेडियोसँगै सहकार्य गरेर अन्य कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता उनको छ ।
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीका अध्यक्ष कविराज पौडेलले रेडियोसँगको पहिलो सहकार्य सफल रुपमा सम्पन्न भएको बताए । उनले आफुले सोचे भन्दा पनि राम्रो सहभागिता भएको प्रति खुसी व्यक्त गरे ।

नेलेम्बो नेपालका अध्यक्ष यज्ञ प्रसाद देवकोटाले रक्तदान कार्यक्रममा स्वास्थ्य समाग्री सहयोग गर्न पाउँदा खुसी लागेको बताए । सहभागी रक्तदातालाई धन्यवाद दिँदै देवकोटाले आगामी समयमा रेडियोसँगै सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

रेडियोका स्टेसन म्यानेजर संजयकुमार मल्लले रेडियो अन्नपूर्ण सँधै समाजसँगै साथमा रहेको दावी गरे । समाजमा भएका हरेक गतिविधिका विषयमा जानकारी गराउने उद्देश्यस्वरुप रेडियो लागिपरेको उनको भनाई थियो । आगामी समयमा पनि सम्पूर्ण स्रोताको माया, सदभावले नै रेडियोले आफ्ना कार्यक्रमलाई परिमार्जित गर्दै जाने उनले प्रतिवद्धता व्यक्त गरे।

१९ औं बृहत रक्तदान कार्यक्रमका संयोजक रेडियो अन्नपूर्णकर्मी दीननाथ बरालले रक्तदान कार्यक्रम सफल रुपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद दिए । कार्यक्रममा रक्तसञ्चार केन्द्र रामघाटका प्रमुख अर्जुन ज्ञवालीले कोरोना महामारीका समयमा व्यवस्थित ढंगले कार्यक्रमको आयोजना गरेको प्रति रेडियोलाई धन्यवाद दिए । उनले यस्तो विषम् परिस्थितिमा भएको उल्लेखिय सहभागिताको कदर गर्दै स्वस्थ व्यक्तिले रक्तदान गर्नुपर्ने तर्फ जोड दिए ।

रेडियो अन्नपूर्णको १९ औं रक्तदान कार्यक्रम सफल पार्न प्राइम सहकारी संस्था लि. पोखरा र नेपाल इन्स्यारेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरले सहकार्य गरेको छ । यस्तै विशेष सहयोगीमा सपना आयूर्वेद प्रालि, लायन्स क्लव अफ पोखरा गण्डकी दोभान (पोखरा), पोखरा इन्टरनेट प्रा.लि, लायन्स क्लव अफ पोखरा सेन्टिनियल पोखरा, एरोलाइट एएसी ब्लक, एक्टिभ इन्स्टीच्यूट अफ इन्फरमेसन टेक्नोलोजी चिप्लेढुंगा, बाजेको माछा महल शान्तिनगरचोक, व्याम्बो क्याटरिंग सर्भिस ड्यामसाइड, कास्की नेत्रहीन संघ छ ।

प्रायोजनतर्फ डावर नेपाल प्रालिले जुस, आरएलपी अण्डा सप्लार्यसका सञ्चालक राजु पौडेलले अण्डा, पोखरा फ्रुट सेन्टर काठमाडौंका सञ्चालक अमर बानिँयाले फलफूल, नेलम्वो नेपाल पोखरा ४ गैह्रापाटनले माक्स सेनीटाइजर, न्यू राष्ट्रियता छापाखाना भिमसेन टोल पोखराले प्रमाणपत्र छपाई, पेनगुइन मिनरल वाटर पोखरा २५ हेम्जाले पानी, तालवाराही फार्मेसी र परिचित मेडिकल गैह्रापाटन पोखराले मेडिकल सामग्री, गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसियसन र कृषि विकास बैंकका महेश पौडेल साथ रहेको थियो रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *