सनराइज आवासीय माविले मनायो २२ औँ वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङ
सनराइज आवासीय माध्यमिक विद्यालय बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीले २२ औँ वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरबहादुर क्षेत्रीले कोरोनाको कहरमा पनि गुणस्तरी शिक्षा प्रदान गर्नका लागि स्वास्थ्य सुरक्षा अपनाएर पठनपाठनलाई निरन्तरता दिएको बताउनुभयो ।

उहाँले कोरोनाले शिक्षा क्षेत्रमा ठूलो क्षति पु¥याएको बन्दै अब स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पठनपाठनलाई निरन्तरता दिनुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममो अवसरमा गायन तथा नृत्य प्रतियोगिता, वार्षिक खेलकुद प्रतियोगिता अभिभावक, विद्यार्थी र शिक्षकलाई माक्स वितरण गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

सो अवसरमा विज्ञान कला प्रद्धर्शन समेत गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा भएका प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ ।

कार्यक्रममा अभिभावक संगीता रिजाल, शिक्षक पुष्पा कुमारी क्षेत्री, विद्यार्थी अनिसा खत्री लगायतले मनतव्य राखेका थिए । विव्यस अध्यक्ष निरबहादुर क्षेत्रको अध्यक्षता, प्रिन्सिपल चन्द्रबहादुर क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *