अनेमसंघ बागलुङले तोक्यो दश स्थानीय तहमा जिम्मेवारी


–आदर्श अनलाइन, बागलुङ
अखिल नेपाल महिला संघ जिल्ला समिति बागलुङको बिस्तारित बैठक सम्पन्न भएको छ । बैठकले सावित्रा राना संयोजक भएको १५१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ भने १० स्थानीय तहमै अनेमसंघको जिम्मेवारी तोकेको छ ।

बैठकलाई सम्बोधन गर्दै अनेम संघकी नेतृ तथा नेकपा एमालेका बागलुङ जिल्ला इन्चार्ज मन कुमारी केसीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकाँक्षा पुरा गर्ने महिला शक्ति एक जुट लाग्नुपर्ने बताउनुभएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सांसद सावित्रा राना र ढोरपाटन नगरपालिकाका उप–प्रमुख करमती पुन लगायतले मन्तव्य राख्नुभएको थियो ।



बैठकले तोकेको दश स्थानीय तहको जिम्मेवारीमा बागलुङ नगरपालिकामा लक्ष्मी बोहोरा, काठेखोला गाउँपालिकामा चित्रा शिरिष, गलकोट नगरपालिकामा रुपा बिक, बडिगाड गाउँपालिकामा बिना थापा, ढोरपाटन नगरपालिकामा करमती पुन, ताराखोला गाउँपालिकामा पूर्णा घर्ती, जैमिनी नगरपालिका लक्ष्मी किसान, निसीखोला गाउँपालिकामा छमि घर्ती मगर र तमानखोला गाउँपालिकामा फारमदेवि छन्त्याल रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *