साना किसान सहकारी मल्लाजको सहकारी सचेतना कार्यक्रम

आदर्श अनलाइन, बागलुङ
पर्वतको जलजला गाउँपालिकास्थित मल्लाजमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले सदस्यहरुको दक्षता अभिवृद्धिका लागि एक दिने सहकारी सचेतना कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

सहकारीको व्यवसायिक अवस्थामा सुधारका लागि योजना निर्माणसंगै सदस्यहरुको सक्रियता बढाउन तथा उनीहरुको व्यवसायिक योजनामा सहयोग गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको संस्थाका अध्यक्ष हेम कुमारी अधिकारीले बताउनुभयो ।

कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीलाई व्यवस्थित, प्रभावकारी, दीगो र सहकारीको मर्म अनुसार अगाडि बढाउनका लागि सदस्यहरुलाई सहकारीका बारेमा शिक्षा अनिवार्य रहेको बताउनुभयो ।
सहकारीको व्यवसायलाई बढाउन तथा सहकारीमा आउन सक्ने जोखिम नियन्त्रणका लागि सदस्यहरुको सक्रिय सहभागिता र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रमका सहभागीहरुले तालिमबाट सिके अनुसार सहकारीले बनाएका योजनामा सहभागिता जनाउनुका साथै सदस्य वृद्धि, कारोबार वृद्धिका लागि निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले सहकारी ऐन अनुसार दोहोरो सदस्यता अन्त्यगरी एउटै सहकारीलाई प्रभावकारी रुपमा अगाडि बढाउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् ।

कार्यक्रम संस्थाका अध्यक्ष हेम कुमारी अधिकारीको अध्यक्षता, उपाध्यक्ष विन्दु पौडेलको स्वागत र सचिव डम्मर बहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमका संस्थाको समसायिक अवस्थाका बारेमा प्रवन्धक सनिता कार्कीले जानकारी गराउनु भएको थियो ।

संस्थामा हाल ९ सय ३६ जना शेयर सदस्य, ७६ लाख ३५ हजार शेयर रकम, ५ करोड ३५ लाख बचत, १ करोड ७४ लाख जगेडाकोष र ६ करोड ६७ लाख कर्जा लगानी रहेको संस्थाका प्रवन्धक कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *