वैशाखबाट बागलुङमै होला त कोरोना परीक्षण ?

डम्मर बुढा मगर, बागलुङ
गत वर्षदेखि बागलुङमा पिसिआर मेसिन राख्ने भनिए पनि अझैसम्म काम हुन सकेको छैन । कोरोना संक्रमण बढ्दै गएपछि धौलागिरी अस्पताबाटै कोरोना परीक्षण गर्ने गरि पिसीआर मेसिन राख्न सरकार निर्णय गरेको थियो ।

गत असार १२ गते बागलुङमै पिसिआर मेसिन राख्न सरकारले निर्णय गरेको थियो । निर्णय भएको ९ महिना बित्दा सक्दा समेत पिसिआर मेसिन राख्ने सुर देखिदैन । धौलागिरि अस्पतालमा पिसिआर मेसिन राख्न गत कात्तिक २७ गते मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्र आह्वान गरिएको पाँच महिना बितिसक्दा पनि अझै पिसिआर मेसिन राख्न सकिएको छैन । रोटरी क्लव बागलुङले अस्पताललाई पिसिआर मेसिन दिए पनि कक्ष क्षमताको भएको हुँदा नराखेको क्वल अध्यक्ष दयाराम पौडेलले बताउनुभयो ।

‘हामीले दिन खोजेको मेसिन सानो र थोरै मात्रामा स्वाब परीक्षण गर्न मिल्ने खालको हो, अस्पतालमा ठूलो मेसिन आउने भएको हुँदा हामीले लिएको मेसिन यतिकै रहेको छ,’ उहाँले भन्नुभयो ‘अस्पतालले ल्याबसहितको मेसिन ल्याउन थालेपछि अस्पतालमा हामीले लिएको मेसिन राखिएन ।’
उहाँले रोटरी क्लवले लिएको सेसिनमा एक पटकमा आठ जनासम्मको स्वाब परीक्षण गर्न सकिने भन्दै अस्पतालमा ल्याब सहितको मेसिन ल्याउन थालेपछि आफूहरुले ल्याएको मेसिन आवश्यक पर्ने स्थानमा सहयोग गर्ने बताउनुभयो ।

धौलागिरी अस्पतालका अध्यक्ष केबी राना मगरले मेसिनका राख्नका लागि आवश्यक तयारी पुरा भएको भन्दै १५ दिनमा स्थानपना हुने बताउनुभयो । सामान विदेशबाट ल्याउनु पर्ने हुँदा केही ढिलाई भएको उहाँको भनाई छ ।

‘मेसिन राख्नको लागि सबै तयारी भएको छ, केही सामान आउन बाँकी छ, त्यो सामान आउँदा साथ जडान हुन्छ,’ अध्यक्ष रानाले भन्नुभयो ‘तयारी पुरा भएको हुँदा १५ दिनमा स्थापना हुने अपेक्षा छ, हामी कोशिस गरि राखेका छौँ ।’

उहाँले रोटरी क्लव बागलुङले दिन थालदेको मेसिन अस्पतालमा काम नलाग्ने भएपछि टेण्डर आवान गरि खरिद गर्ना थालेको बताउनुभयो । ‘रोटरी क्लवले एउटा मेसिन दिन थालेको थियो, त्यो मेसिन को अस्पतालमा काम छैन, हामीले ठूलो खालको मेसिन ल्याउन लागेका हौँ,’ रानाले भन्नुभयो ‘त्यो मेसिन प्राविधिकलाई लेगेर देखाएको हो, अस्पतालमा काम नहुने भएपछि हामीले त्यो मेसिन नलिएको हो ।’

धौलागिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले पिसिआर प्रयोगशाला स्थापना गर्नका लागि सबै तयारी पुरा भएको भन्दै केही सामानहरु नआउँदा काम रोकिएको बताउनुभयो । उहाँले ल्याव कोठा, मेसिन राख्ने स्थान सबै व्यवस्थापन भई सकेको उहाँको भनाई छ ।

‘मेसिन राख्नका लागि कोठा व्यवस्थापनदेखि लिएर सबै खालका तयारीहरु पुरा भएका छन्, जनशक्ति पनि आइसक्नु भएको छ,’ उहाँले भन्नुभयो ‘यसका लागि काम तीव्र गतिमा भएको छ।’
उहाँले मेसिन ल्याउने जिम्मा पाएको कम्पनीले ढिला गर्दा प्रयोगशाला स्थापना गर्न समस्या भएको भन्दै कम्पनीले १ हप्ता भित्र ल्याउने पोखरेले बताउनुभयो ।

‘मेसिन ल्याउने जिम्मा पाएको कम्पनिले ढिला गरेको हुँदा स्थापना गर्न समस्या भएको हो, एक हप्ता भित्र ल्याउछु भनेको छ,’ उहाँले भन्नुभयो ‘त्यो आउँदा साथ मेसिन जडान हुने छ, तयारी पुरा भएको हुँदा अब धेरै समय नलाग्ला ।’

मेसिन ल्याउने जिम्मा जीएसस कम्पनीले पाएको छ । विदेशबाट मगाउनु पर्दा ढिलाई भएको पोखरेल बताउनुहुन्छ । मेसिन आएर जडान भएपछि बैशाखदेखि बागलुङबाटै स्वाब परीक्षण सुरु गर्ने उहाँको भनाई छ ।

‘मेसिन विदेशबाट मगाउने पर्ने हुँदा कम्पनीले ढिला गरेको हो, एक हप्तामा आउने भन्ने छ,’ उहाँले भन्नुभयो ‘एक हप्तामा आयो भने बैसाखबाट बागलुङमै कोरोना परीक्षण गर्न सकिने अपेक्षा छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *