बागलुङका १० विद्यार्थीमा कोरोना

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारको एक विद्यालयका ८ जना विद्यार्थीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिकाको एक विद्यालयका ८ जना छात्रामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण पुष्टि भएको खनालले बताउनुभयो ।

संक्रमित मध्ये ६ जना होस्टेलको आइसोलेसन र २ जना होम आइसोलेसनमा रहेको प्रमुख खनालले बताउनुभयो ।

२ जना विद्यार्थीहरुलाई कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा संक्रमण देखिएपछि अन्य लक्षण देखिएका ६ जना विद्यार्थीहरुको पनि स्वाब परिक्षण गर्दा उनीहरुलाई पनि संक्रमण पुष्टि भएको उहाँको भनाई छ ।

विद्यालयका ८ जना विद्यार्थीहरुलाई संक्रमण देखिएपछि उक्त विद्यालय १० दिनको लागि बन्द गरिएको खनालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *