पत्रकार महासंघ बागलुङमा सर्वसम्मत नेतृत्व चयन


आदर्श अनलाइन, बागलुङ
पत्रकार महासंघ बागलुङको आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लामा क्रियाशिल पाँच वटा पेशागत संगठनहबीच सहमति पश्चात जिल्ला शाखाले सर्वसम्मत नेतृत्व पाएको हो ।

प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी माधव पक्षधर र प्रगतिशिल पत्रकार संघको संयुक्त वार्ताले ४ बुँदे सहमति गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेको हो । संघ, संगठनहरुको वार्ताले पूर्व सहमति अनुसार अध्यक्षमा प्रेस युनियनलाई दिने निर्णय गरेको प्रेस युनीयनका अध्यक्ष प्रदिप पन्तले बताउनुभयो ।

शाखाको अध्यक्षमा नरेश कँडेल, उपाध्यक्षमा नविन शिशिर, महिला उपाध्यक्षमा जीवनकला खत्री, सचिवमा बिजय राना, सह–सचिवमा तारानाथ आचार्य, समावेशी सह–सचिवमा सिर्जना पन्त र कोषाध्यक्षमा खेमराज गौतम सुवास चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिनेश शर्मा, अर्जुन कार्की, बालाकृष्ण सुवेदी, नारायण रिजाल, प्रदिप पन्त, अनिस खाती चयन भएका छन् ।

महिला सदस्यमा गुमा आचार्य, अल्पसंख्यक सदस्यमा देउमाया राना, जनजाती सदस्यमा प्राशान्त घर्ती र दलित सदस्यमा योगेन्द्र विश्वकर्मा चयन भए । प्रदेश परिषद सदस्यमा पिम्ला गौतम, कमल पौडेल, मनिषा शर्मा, छविलाल पाण्डे, कृष्ण आचार्य, मञ्जुल शाक्य, डम्बर बुढा, दिपक राजभण्डारी, प्रेम बहादुर केसी, थम्मन थापा र बेलु थापा चयन भएका छन् ।

त्यस्तै राष्ट्रिय परिषद सदस्यमा दिलिप पौडेल, चन्द्र गणेश शर्मा, कोपिला कँडेल र किरण आचार्य चयन भएका छन् । यसअघि पनि बागलुङमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । संघ, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन चैत २५ गते एकैपटक हुँदैछ । प्रत्यक्ष निर्वाचन प्रणालिमा पहिलो पटक महासंघका सबै तहको नेतृत्व चयन गर्न लागिएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *