बागलुङका १५ जनामा कोरोना संक्रमण

आदर्श अनलाइन, बागलुङ ।
बिहीबार बागलुङका १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा बागलुङ नगरपालिकाका १३ जना, ताराखोला गाउँपालिकाका १ र काठेखोला गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

बागलुङ नगरपालिका वडा नम्बर २ का २४, १७, १६, १८, २६, १८, १७, १७ र १७ वर्षीया ९ जना महिला सहित १ जना ४३ वर्षीया पुरुष, वडा नम्बर ३ का ६२ वर्षीय पुरुष, वडा नम्बर ४ का १८ वर्षीया महिला र वडा नम्बर ७ का ३८ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।

तेसैगरी ताराखोला गाउँपालिका वडा नम्बर २ का ५७ वर्षीय पुरुष र काठेखोला गाउँपालिका–३ का ४९ वर्षीय १ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो सँगै बागलुङमा सक्रिय कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । हालसम्म १ हजार ३१ जनालाई कोरोना निको भइसकेको छ भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *