आहा ! रारा गोल्डकप : सर्वाधिक च्याम्पियन पुलिसलाई हराउँदै अफ्रिकन रुट फाइनलमा

आदर्श अनलाइन, पोखरा
आहा रारा गोल्ड कप फुटबल प्रतियाेगितामा नेपाल पुलिस क्लबलाई हराउँदै अफ्रिकन रुट एसोसिएसन फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा जारी १९ औं संस्करणको बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो।

अफ्रिकनलाई जीत दिलाउन बासेक र मौसाले एक एक गोल गरे। खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २–० को जीत दिलाए ।

खेलको म्यान अफ दि म्याच मौसा चुनिए। पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनल पुगेको हो। सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ । अब उपाधिका लागि अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ।

संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ। फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँयाँ हात पार्नेछ । यस्तै उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। व्यक्तिगत विधातर्फ सूर्यबहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *