तमानखोमा तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

आदर्श अनलाइन, बागलुङ
तमानखोलामा तेस्रो राष्ट्रपति रिनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड उपाधी शान्ति माध्यमिक विद्यालय खुङ्खानीले जितेको छ । शान्ति माध्यमिक विद्यालयले ६ स्वर्ण, ७ रजत, ३ कास्य जित्दै यस वर्षको उपाधी हात पारेको हो ।

आठ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा जन जागृति मावि उप विजेता भएको छ । जन जागृती माविले ६ स्वर्ण, ६ रजत ५ कास्य हात पार्दै उप विजेता भएको तमानखोला गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण घर्तीले जानकारी दिए ।

प्रतियोगितामा धन गौ ज्योति माध्यमिक विद्यालयले ६ स्वर्ण ४ रजत र ५ कास्य पदक हासिल गर्दै तेस्रो स्थानमा चित्त बुझाएको छ । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता रहेक वर्ष हुँदै आएको छ । यस अवसरमा दौड, छात्र÷छात्रा भलिबल, कपर्डी लगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तमानखोला गाउँपालिकाकी उपाध्यक्ष मानसरी शेरचनले शिक्षासँगै विद्यार्थीलाई खेलकुद तथा प्रतियोगितात्मक कार्यक्रमहरु आवश्यक पर्ने बताईन् ।

उनले विद्यार्थीको शारिरीक, बौद्धिक तथा शैक्षिक योग्यता बढाउन किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञान समेत दिलाउनु पर्ने भन्दै खेलकुदले शारिरीक तन्दुरुती र राष्ट्रलाई नै चिनाउने बताइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *