आदर्श अनलाइन, बागलुङ
लामिचौर विद्यालयको वृहत्तर विकासका लागि मातापीताको स्मृतिमा विदालयमा अक्षयकोष स्थापना गरिएको छ ।
सिगाना माध्यामिक विद्यालय लामिचौर बागलुङमा आमा बुबाको स्मृतिमा रु. एक लाख ५१ हजार १५१ रकमको अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयको शैक्षिक, खेलकुद बर्ष, उत्कृष्ट शिक्षक लगायत बृहत्तर विकासको लागि बागलुङ नगरपालिका–९ तित्याङ निबासि स्व. टीका बहादुर खड्का र उहाँको धर्म पत्नी अमृता खड्काको नाममा स्थापित टीका अमृता फाउन्डेसन बा.न.पा–९ तित्याङद्वारा बागलुङ नगरपालिका–८ सिगाना लामिचौर निबासी आफ्ना पूर्वज मामावली परिवारका स्व. अमर बहादुर कार्की एवम् लक्ष्मी कार्कीको स्मृतिमा एक लाख ५१ हजार १५१ बराबरको विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ ।
कोषबाट बिद्यालयको समग्र बिकासमा टेवा पुग्ने संस्थापक हाल बेलायत निबासी अनिता के.सी खड्काले बताउनुभयो । शैक्षिक सुधारका लागि स्थापना भएको आफउण्डेशनले आगमी दिनमा समेत विभिन्न सहयोग गर्दै जाने फाउण्डेशनका संस्थापक सदस्य अनन्त बहादुर खड्काले बताउनुभयो ।
मावली परिवारको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना
