बागलुङ बजारको सिर्जना फर्निचर उद्योगमा आगलागी

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारको एक फर्निचर उद्योगमा आगलागी भएको छ । बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी भएको छ ।

आगलागीमा फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने नजिक रहेका दुई घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

राति २ बजेर ५० मिनेटमा प्रहरीलाई जानकारी भए लगत्तै प्रहरीको टोली त्यस स्थानमा गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट ३० जना, बिपद व्यवस्थापन गुल्मबाट १७ जना, शसस्त्र प्रहरीबाट १५ जनाको टोली, स्थानीय र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको सूचना अधिकारी इकबाल हवारीले जानकारी दिनुभयो ।

आगलागीमा के कति क्षति भयो थप विवरण आउन बाँकी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *