फर्निचर उद्योगमा आगलागी अपडेट : दुई घाइते, १८ लाखको क्षति

आदर्श अनलाइन, बागलुङ
बागलुङ बजारको एक फर्निचर उद्योगमा मध्यराती आगलागी भएको छ । मध्यराती भएको आगलागी बिहान मात्रै नियन्त्रणमा आएको छ । आगलागीमा परी दुईजना घाइते समेत भएका छन् ।

बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा १८ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने नजिक रहेका दुई घरमा समेत आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकबाल हवारीले जनाकारी दिनुभयो ।

राति २ बजेर ५० मिनेटमा प्रहरीलाई जानकारी भए लगत्तै प्रहरीको टोली त्यस स्थानमा गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट ३० जना, बिपद व्यवस्थापन गुल्मबाट १७ जना, शसस्त्र प्रहरीबाट १५ जनाको टोली, स्थानीय र दमकलको सहायतामा विहान मात्रै आगलागी नियन्त्रणमा आएको थियो । प्रहरीका अनुसार फर्निचरमा १५ लाख बराबरको क्षति भएको र फर्निचरसंगै जोडिएका दुई घरमा तीन लाख ५० हजार बराबरको क्षति भएको छ ।

आगालागीले नजिकै रहेको डम्बर बहादुर कार्कीको घर र सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लाल बहादुर थापाको कोठामा आगालागी भई कोठामा रहेको सम्पुर्ण सामान जली नष्ठ भएको छ । सोही आगालागीबाट फर्निचर सञ्चालक केशब हरीजन र गुठीका डम्मर बहादुर कार्की घाइते हुनुभएको छ । उहाँहरुलाई चोट पटक नलागेपनि निसास्सिएर समस्या भएपछि उपचारका लागि धौलागिरी अस्पताल लगिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *