बागलुङमा रनिङ शिल्ड प्रतियोगिता सुरु, जिल्लाका ५५० विद्यार्थीहरुको सहभागिता

आदर्श अनलाइन, बागलुङ
बागलुङमा आइतबारदेखि नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना सुरु भएको प्रतियोगिताको पहिलो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य इन्द्रलाल सापकोटाले खेलले नेपाललाई विश्व सामु परिचत गराएको भन्दै यो क्षेलाई अझ सशक्त बनाउनका लागि विद्यालय स्तरबाटै लाग्नु पर्नेमा जोड दिनुभयो ।

सांसद सापकोटाले विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभई बाहिरी ज्ञान पनि अति आवश्यक पर्ने हुँदा समय–समय खेलकुद तथा अन्य गतिबिधिमा सहभागिता गराउनु पर्ने बताउनुभयो । शैक्षिक विकाससँगै खेल क्षेत्र पनि परिस्कृत बन्दै गएको र विद्यालय शिक्षित नागरिकसँगै खेलाडी उत्पादन गर्ने मुख्य थलो भएको उहाँको भनाई छ ।

जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले खेलकुदले स्वास्थ्यलाई तन्दुरुत बनाउनुका साथै मुलुकलाई देश विदेशमा परिचित गराउने बताउनु भयो । अन्य क्षेत्रमा जस्तै खेल क्षेत्रलाई पनि प्राथमिकताका साथ विकास गरिनु पर्नेमा जोड दिनुभयो ।

आइतबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट विद्यार्थीहरुको सहभागिता रहेको छ । विभिन्न प्रतियोगितामा जिल्लाभरबाट ५ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भिमशेन शाक्यले जानकारी दिनुभयो ।

पहिलो दिन एक सय, आठ सय मिटर, १५ सय मिटरको छात्र/छात्रा दौड, लम्पजम्प, कपर्डी, सटफुट, लगायतका प्रतियोगिताहरु सम्पन्न भएका छन् । प्रतियोगिता सोमबार सकिने शाक्यले जानकारी दिनुभयो ।

छात्र÷छात्रा भलिबल, ४ सय मिटर छात्रम दौड, ३ हजार मिटरको डौद, हाइजम्प प्रतियोगिता बाँकी रहेका छन् । ति सबै सोमबार सकिने बताइएको छ । कार्यक्रम संचालन ससबहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *