पत्रकार महासंघको चुनाव र अबको दायित्व

नेपाल पत्रकार महासंघको देशभर निर्वाचन सम्पन्न भएको छ । महासंघको ७० वर्ष लामो इतिहासमा पहिलो पटक भएको प्रत्यक्ष निर्वाचन प्रणाली मार्फतको निर्वाचनबाट जिल्ला, प्रदेश र केन्द्रमा नयाँ नेतृत्व प्राप्त भएको छ । खर्चिलो निर्वाचनबाट नयाँ ढंगको मितव्ययी भनिएको चुनाव कति सहज, मितव्ययी र सन्देशप्रद भयो ? महासंघको निर्वाचनमा देखिएको अनेक परिदृश्यले निर्वाचन कति मर्यादित, स्वच्छ प्रतिस्पर्धात्मक बन्यो ? अबको महासंघको नेतृत्वको कार्यभार के कस्तो हुनुपर्छ ? यिनै विषयमा आदर्शर्मी साधना पन्तले केही नागरिक समाजका अगुवा र स्वयम् निर्वाचित पत्रकारसँग प्रश्न गरेका छन् ।

काजीगाउँले श्रेष्ठ
संयोजक नागरिक समाज

भर्खरै देशभर पत्रकारको चुनाव सकिएको छ । दुई दिन पहिले पत्रकारको चुनावले देशनै तातेको थियो । सबै भन्दा पहिले त पत्रकार महासंघको नेतृत्वमा निर्वाचित सम्पूर्ण पत्रकारहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहान्छ । तर, अहिले चुनाव जितेर वा सर्वसम्मत निर्वाचित भएर मात्र पत्रकार भईदैन । पत्रकारिताको मर्यादा, सिमामा रहेर काम गरेको हुनु पर्दछ । र नयाँ कार्यसमितिले सधै श्रमजीवी पत्रकारहरुको हकहितमा काम गर्नुहुनेछ भन्ने हामीलाई विश्वास लागेको छ । पत्रकारको चुनाबको क्रममा हामीले धेरै कुरा सुन्न र देख्न पाईयो । हाम्रो समाज धेरै पिछडिएको मैले महुशुस गरेको छु । यहाँ जायज नाजायज सबै कुरा हुन्छ । यसको अर्थ के हो भने हामीहरु अशिक्षा, कुसंस्कारबाट टाढा छैनौ भन्ने कुराको शिक्षा हो । चुनाव गर्नु भनेको कुनै नराम्रो कुरा होईन । लोकतान्त्रिक पद्धतिबाट कार्यसमिति चुन्ने प्रक्रिया धेरै राम्रो हो । बास्तवमा मानिसहरुको अभिमतलाई नवर्निवाचित पत्रकारले कदर गर्नुपर्दछ भन्ने मात्र हो ।

पत्रकार भनेको अनौपचारिक रुपमा एक खालको सरकार पनि हो । पत्रकारले आफ्नो कार्यशैलीले जनतालाई एउटा रोडम्यापमा हिँडाल्ने काम गर्दछन् । बागलुङका सवै पत्रकारले समग्र बागलुङको विकासका लागी काम गर्नु पर्दछ, कलम चलाउनु पर्दछ भन्ने मलाई लाग्दछ । छुटेका कडीलाई जोड्ने, अत्याचारमा परेका मानिसहरुको कुरा बाहिर ल्याएर सामाजिक न्यायका लागि बोल्न पत्रकारले कलम चलाउन सक्नुपर्दछ ।

पत्रकारहरु अहिलेको समयमा हाम्रो समाज, मुलुक र हाम्रो क्षेत्रमा उनीहरुको ठूलो योगदान हुन सक्दछ । यदि उनीहरुले पत्रकारको इथिक्स, नम्सलाई पालना गरेर काम गर्ने, समाजलाई राम्रो बाटो तिर लैजानका लागि काम गर्न सक्नुपर्छ ।

महासंघको साझा अपनत्व गराउँछौ
नविन शिशिर विक

इतिहासमा पहिलो पटक नेपाल पत्रकार महासंघको प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व चयनको अभ्यास थालेको छ । यो चुनावी इतिहासमा नयाँ अनुभव हो । पत्रकार महासंघका सदस्यले आफ्नो स्वविवेकको आधारमा आफ्नो नेतृत्व चयन गर्न पाउने यो सुनौलो अवसर पनि हो । चुनावी तथा सर्वसम्मत रुपमा महासंघको संघ, प्रदेश र जिल्ला शाखामा निर्वाचित सबैलाई एकमुष्ठ बधाई तथा सफल कार्यकालको शुभकामना । महासंघको निर्वाचन अघि जे जस्ता राजनीतिक विचार र आस्थाको आधारमा पत्रकारहरु संगिठत या बिभाजित भए । गठबन्धन निर्माण गरेर चुनावी अभियानमा होमियो, निर्वाचन पश्चात त्यो गठबन्धन भत्कनु पर्छ । जस्तो कि मन्दिर जाने बेलामा हामी जुत्ता, चप्पल जे को सहारा लिएर गए पनि मन्दिर प्रवेश गर्ने मुल ढोका बाहिर जुत्ता चप्पल खोल्छौ, त्यस्तै पत्रकार महासंघ आम पत्रकारहरुको साझा संस्था हो, निर्वाचित सबैले निर्वाचन पूर्ण गठबन्धन, तित्तता, प्रतिस्पर्धालाई भुलेर सबै पत्रकारहरुको साझा नेतृत्व बन्ने प्रत्यास गर्नैपर्छ ।

निर्वाचित नेतृत्वको कार्यभार पत्रकारको हितमा काम गर्नु । नागरिकलाई सत्य तथ्य सूचना सम्प्रेषण गर्ने । सरकार तथा सामाजिक संघ संस्थालाई नागरिक प्रति उत्तरदायी बनाउन कलम मार्फत् सचेत गराउनु प्रमुख दायित्व हो । श्रमजीवी पत्रकारमा समस्या धेरै छन् । धेरै समस्याकाबीच महत्वपूर्ण सवालहरुको सम्बोधन गर्नु महासंघको दायित्व र कार्यभार हुन् । पत्रकार महासंघको साझापनलाई जोगाई राख्नु नयाँ नेतृत्वको चुनौती हो । निर्वाचनमा भएको गठबन्धनको झल्को देखियो भने महासंघ फेरि विवादित बन्न सक्छ । पत्रकार महासंघ बागलुङको सन्दर्भलाई हेर्ने हो भने यहाँ सर्वसम्मत नेतृत्व चयन भएको छ । यो सुखद पक्ष हो । यसअघिको नेतृत्व पनि सर्वसम्मत रुपमा चयन भएको हुँदा महासंघको भवन निर्माण, आधुनिक सुचना कक्ष तयार गर्ने जस्ता अति नै महत्वपूर्ण काम भएका थिए । महासंघ वास्तवमै पत्रकारहरुको संस्था हो भन्ने बुझाई स्थापित भएको थियो । निवर्तमान नेतृत्वले नयाँ नेतृत्वलाई प्रदान गरेको अतिनै महत्वपूर्ण उपलब्ध र चुनौतीपूर्ण जिम्मेवारी हो ।

मोफसलमा अझै पनि नियुक्तिपत्र नलिएर काम गर्ने, न्युनमत पारिश्रमिक ऐन कार्यान्वयको अभाव छ । पत्रकारीता गरेर पनि परिवार पाल्न सकिन्छ भन्ने वातावरण अझै सृजना हुन सकेको छैन । त्यसको लागि सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्न महासंघले अग्रसरता ल्याउनु पर्छ । मोफसलका सञ्चार उद्योगलाई साना लगानीका स्वरोगजार उद्योगको रुपमा पनि लिने गरिएको छ । स्थानीय सरकारमा सञ्चार माध्यमका लागि ठुलो धनराशी रकम उपलब्ध हुन्छ तर राष्ट्रिय पत्रिका वा सञ्चार माध्यमको नाममा ति विज्ञापन तथा सुचना फेरि पनि राजधानी केन्द्रित हुँदा स्थानीय सञ्चार गृह आर्थिक रुपमा सशक्त बन्न सकेका छैनन् । सञ्चार गृह आर्थिक रुपले सबल नबने सम्म पत्रकारको रोजिरोटी पनि सुरक्षित हुँदैन् । यसतर्फ महासंघले ठुला धनराशीका सुचना विज्ञापन स्थानीय सञ्चार गृहलाई उपलब्ध गराउने तर्फ अगुवाई गर्नुपर्ने हुन्छ । अर्काे महत्वपूर्ण पक्ष नयाँ जनशक्ति पत्रकारितामा आकर्षण गर्नु मुख्य चुनौतीको विषय हो । हिजो आज यसै पनि युवाहरु देशभित्र रोजगारको अभावले विदेश जाने क्रम बढ्दो छ । वैदेशिक रोजगारको आकर्षणले अन्य क्षेत्रमा जस्तै सञ्चार क्षेत्रमा पनि दक्ष जनशक्तिको अभाव खड्किएको छ । मोफसलमा नयाँ पुस्ता सञ्चार कर्ममा आकर्षित छैनन्् । समय काट्ने, छिटो व्यक्तित्व बनाउने र पलायन हुने क्रम बढ्दो छ । पत्रकारिता कर्मलाई दीगो बनाउने, पत्रकारिता विषयको पठनपाठनको विषयमा सहजिकरण गर्नुपर्ने देखिन्छ । सरकारी सञ्चार गृहले स्थानीय प्रकृतिका विज्ञापन गर्दा मोफसलमा रहेर पत्रकारिता गर्नेले प्रतिस्पर्धा समेत गर्न पाएका छैनन् । पत्रकारिता विषयको पठन पाठन हुने हो भने प्रतिस्पर्धामा भाग लिन समेत सक्ने थिए ।

पत्रकार स्वंयम्ले आफ्नो पारिश्रमिक तोकेर सञ्चार गृह प्रवेश गर्ने बातावरण तयार गर्न उनीहरुको क्षमता अभिवृद्धिको लागि महासंघले अगुवाई गर्नुपर्छ । पत्रकारले बेच्ने भनेको उसको सीप हो । आम पाठकको रुचिलाई सम्बोधन गर्न सक्ने क्षमता विकास गर्न सके पत्रकारले आफ्नो पारिश्रमिक तोकेर सञ्चार गृह प्रवेश गर्ने बातावरण तयार हुन्छ । निर्वाचन प्रक्रियाले महासंघ संस्थागत विकासमा छुट्नै नहुने केही पात्रहरु बाहिरिनु परेको छ । ति महत्वपूर्ण पात्रहरुलाई पनि उपर्युक्त भूमिका दिएर अगाडि बढ्नु राम्रो हुन्छ । निवर्तमान कार्य समितिले जोगाएर राखेको महासंघको संस्थागत छविलाई बचाउँदै सबै पत्रकारले हाम्रो महासंघ भन्ने बातावरण सृजना गर्नेतर्फ नयाँ समिति लाग्नुपर्ने हुन्छ ।

श्रमजीवीको पक्षमा समर्पित हुन्छौँ
विजय राना

यतिबेला नेपाल पत्रकार महासँघले सबै तहमा नयाँ नेतृत्व पाईरहेको छ । केन्द्र, प्रदेश, एशोसियट र जिल्ला यि सबै तहमा नयाँ नेतृत्व आएका छन् । नयाँ नेतृत्व आईरहँदा थुप्रै चुनौति र अवसरहरु पनि अघि उभिएका छन् ।

व्यावसायिक पत्रकारिता भन्दा पनि व्यवसायी र पार्टी पत्रकारिता गर्नेहरुको भीड छ । यसले गर्दा सिङ्गो पत्रकारिता पेशा बद्नाम बनिरहेको छ । पैसा पाएर समाचार लेख्यो, पैसा नपाएर समाचार लेखेन, फलानो पार्टीको भएर समाचार लेख्यो, फलाना पार्टीको भएर समाचार लेखेन भन्ने लगायतका कडा आरोपहरु पत्रकारलाई लगाईन्छ ।

नेपाली समाजले अझै पनि पत्रकारलाई मुद्धाको आधारमा ठिक÷बेठिक लेख्यो भन्ने गरेको पाईदैन । निष्पक्ष रुपमा लेखेता पनि आर्थिक लेनदेन, राजनीतिक विषयवस्तु नमिले मात्र कुनै पनि अपराधिक घट्ना बाहिर आउँछ भन्ने गरिन्छ । नेपाली समाजले यसो भन्नुमा कहिँ न कहिँ सत्यता देखिन्छ । जसको कारण सिङ्गो पत्रकारिता बद्नामी र अविश्वसनीय बनिरहेको छ । त्यसो गर्ने केही पत्रकारको कारण सिङ्गो पत्रकारिता बद्नामित भईरहेको छ ।

विभिन्न सञ्चार गृहमा काम गर्ने पत्रकारहरुले अझै पनि राम्रो पारिश्रमिक पाउन सकिरहेका छैनन् । राम्रो र नियमित पारिश्रमिक नपाउँदा पत्रकारहरु पत्रकारिता पेशाबाट नै पलायन भईरहेका छन् । आकर्षक र नियमित पारिश्रमिक पाउने वातावरण बनाउन श्रमजीवि पत्रकारको पक्षमा महासँघ निरन्तर लाग्न जरुरी छ ।

पत्रकारिता गरिरहेका कतिपयहरु आफ्नो प्रमुख पेशा पत्रकारिता नभई शिक्षा, राजनीति, व्यवसाय गरिरहेका छन् । जसका कारण पाठकलाई खोजमुलक पठनीय सामाग्री पाउन कठिन भईरहेको छ । पत्रकारको पहिलो पेशा पत्रकारिता नहुँदा उसले तयार गर्ने सामाग्रीहरुले पाठकहरु दिग्भ्रमित हुने, भड्किने र समाजलाई गलत मार्गदर्शन गर्ने खालका हुने हुँदा पत्रकारिता पेशा देखाउन र दुरुपयोग गर्नको लागि नभई समाजलाई मार्ग दर्शन गर्ने हुनु पर्छ त्यसैले महासँघले पत्रकारहरुको व्यवसायीक क्षमता अभिवृद्धि गर्न ध्यान दिनु पर्दछ ।

सूचनाको हकको प्रभावकारी कार्यान्वयनमै कठिन छ । सूचनाको हक प्रत्येक नागरिकको लागि हो । यद्धपी अहिले पनि बुझाई के छ भने सूचनाको हक भनेको पत्रकारको हक हो भन्ने बुझाई छ । पत्रकार महासँघ एक दरिलो नागरिक समाज पनि हो त्यसैले नागरिकलाई त्यो कुरा बुझाउन अभियान थाल्न जरुरी छ ।

संस्थागत विकासको अभाव छ । श्रमजीवि पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासँघका कार्यालयहरु भए पनि अझै संस्थागत हुन सकिरहेको पाईदैन । साथै आम्दानीको राम्रो श्रोत नहुँदा पालिका तथा सरकार समक्ष पैसा मागेर कार्यालय खर्च चलाउनु पर्ने बाध्यता छ । संस्थागत विकासको लागि श्रोत एक अनिवार्य सर्त हो महासँघले त्यस तर्फ ध्यान दिन जरुरी छ ।

पत्रकारिता कसैलाई सिध्याउन, समाप्त गर्न, भित्तामा पुरउन भन्दा पनि समाजलाई सहि ढङ्गले मार्गदर्शन गर्न हुनु पर्दछ । त्यस कारण पत्रकारितामा आग्रह पूर्वाग्रह देखिनु हुँदैन । यथेष्ठ तथ्य र प्रमाणका आधारमा गरिनु पर्छ । त्यसले मात्र समाजलाई सहि ढङ्गले मार्गदर्शन गर्न सक्दछ । पत्रकारिता विकासको साझेदारीको रुपमा लिईनु पर्छ त्यसको लागि महासँघले गाईड गर्न जरुरी छ ।

समय अनुसार परिवर्तित प्रबिधिलाई आत्मसाथ गर्ने पत्रकार निर्माण गर्न महासँघले नेतृत्वदायी भूमिका खेल्नु पर्दछ । पत्रकारिता र महासँघ समाजको असल सारथी भएकोले समाजको उनन्यन हुने पत्रकारितामा निरन्तर जोड दिन जरुरी छ ।

अर्जुन कार्की
नेपाल पत्रकार महासंघको २६ औं तथा पत्रकार महासंघ बागलुङ शाखाको सातौ अधिवेशन २५ गते सम्पन्न भएको छ । पत्रकारहरुको साझा संस्था पत्रकार महासंघको निर्वाचनमा कतै सहमति त कतै निर्वाचन प्रणालीबाट नयाँ नेतृत्वहरु चयन भएका छन् । हरेक तीन वर्षमा हुने महासंघको निर्वाचन गत वर्ष नै हुनुपर्ने थियो तर विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण १ वर्ष पछाडी निर्वाचन सम्पन्न भएको हो । महासंघको नयाँ नेतृत्वमा चयन हुने सवैलाई सर्व प्रथम त हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

म विगत ७ वर्षदेखि क्रियाशिल रुपमै पत्रकारिता पेशामा कार्यरत रहिरहेको छु भने महासंघको सदस्य प्राप्त गरेको चार वर्ष पुरा भएको छ । महासंघको यस वर्षको चुनावी कुरा गरौं । नेपाल पत्रकार महासंघ बागलुङ शाखामा वर्तमान कार्यसमिति चयनको बेलामा नै जिल्लाका क्रियाशिल पत्रकारका चार संघसंगठनले १२ वर्षसम्म नेतृत्व बाँडफाँड गर्ने गरि सहमति गरेका थिए । यस वर्ष पनि उक्त सहमतिलाई कार्यान्वयन त गरे तर अन्तिम समयमा आएर मात्र । महासंघको निर्वाचनमा यस वर्ष नजिकबाट मैले पनि नियालिरहेको थिए । देशको राजनीतिक घटनाक्रम अनुसार नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल दुई खेमामा विभाजन भएको थियो । त्यसैको अनुसार बागलुङमा पनि महासंघको निर्वाचनको लागि प्रेस चौतारीका दुई खेमा सहित प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल र प्रगतिशिल पत्रकार संघले वार्ता टोली गठन गरेर पूर्व सहमति अनुसार महासंघको नयाँ कार्यसमिति सर्वसम्मत चयनको लागि वार्ता गरेका थिए ।

पूर्वसहमति अनुसार कार्यसमितिको चयन गरिएपनि केहि पत्रकारहरु यस वर्ष महासंघमा अटाउन सक्नुभएन । पत्रकार महासंघको केन्द्रीय समितिको लागि प्रेस युनियन, प्रेस चौतारी नेपाल (माधव पक्ष), प्रेस संगठन नेपाल, प्रगतिशिल पत्रकार संघ सहितको ११ संघसंगठनको गठबन्धन र प्रेस चौतारीको छुट्टै प्यानल भइ दुई प्यानलबाट पत्रकारहरु नयाँ नेतृत्व चयनको लागि चुनावी मैदानमा भिडेका थिए । जिल्लामा पूर्व सहमति अनुसार नेतृत्व प्रेस युनियनले गर्ने भन्ने भएपनि केन्द्रीय गठबन्धनको कारण प्रेस संगठनले पनि आफ्नो नेतृत्व हुनुपर्ने वार्तामा अडान लिएको थियो । प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव खेमा) र प्रगतिशिल पत्रकार संघको केन्द्रीय गठबन्धनले बागलुङमा प्रेस संगठनको नेतृत्वमा चुनावी मैदानमा जाने निर्णय गरेको थियो तर प्रेस युनियनले उक्त निर्णय नमान्दै जिल्लामा पूर्वसहमति अनुसार नै आफुले नेतृत्व पाउनुपर्ने भन्दै प्रेस चौतारी नेपाल र प्रगतिशिल पत्रकार संघसँग उम्मेदवारी दर्ताको दिन सहमति गर्दै उम्मेदवारी दर्ता गराएको थियो । उम्मेदवारी दर्ताको प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशिल पत्रकार संघ एक प्यानल र प्रेस संगठन र प्रेस चौतारी (माधव खेमा)को एक प्यानल बनाई दिन दुई प्यानलले छुटाछुट्टै उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्ताको दिन समय थप गरि रातको ३ बजे संघसंगठनले सहमति गर्दै प्रेस युनियनकै नेतृत्वमा महासंघमा जाने र अर्को कार्यकालमा प्रेस संगठनलाई नेतृत्व दिनेगरी सहमति गरेपछि जिल्लामा निर्विरोध कार्यसमिति चयन गरिएको हो । यस वर्ष प्रेस युनियनबाट नरेश कंडेलको नेतृत्वमा महासंघको नयाँ १७ सदस्यीय कार्यसमिति चयन गरिएको छ । महासंघ सवैको साझा संस्था हो त्यसैले सर्वसम्मत रुपमा कार्यसमिति चयन हुँदा सवैको सहभागिता हन्छ । सर्वसम्मत रुपमा नेतृत्व चयन भएपनि केहि राम्रा अनुहारहरु यस वर्ष महासंघको समितिमा नअटाएको धेरैले अनुमान गरेका छन् ।

सर्वसम्मत रुपमा महासंघको नेतृत्व चयनपछि म पनि जिल्ला कार्यसमितिको सदस्यमा निर्वाचित भएको छु । जिल्लामा क्रियाशिल रुपमा पत्रकारिता गरिरहेको र महासंघको सदस्यता प्राप्त गरेको चार वर्षपछि महासंघमा कार्यसमिति सदस्य पदको रुपमा निर्वाचित हुन पाउँदा खुसी लागेको छ । म सहितको यो समितिलाई महासंघका निर्वतमान अध्यक्ष दिल शिरिषको नेतृत्वले गरेको कामलाई निरन्तरता दिँदै महासंघको शाखलाई अझै उच्च बनाउनुपर्ने चुनौती रहेको छ । छैटौं अधिवेशनमा प्रेस चौतारीका दिल शिरीषको अध्यक्षतामा सर्वसम्मत रुपमा निर्वाचित भएको कार्यसमितिले पत्रकार महासंघको आफ्नै भवन बनाउनुको साथै जिल्लामा पत्रकारहरुको सम्मान हुने धेरै काम गरेको छ ।

म महासंघमा कार्यसमितिमा सदस्यको रुपमा प्रवेश गरेसँगै अध्यक्षको योजना अनुसार महासंघलाई अगाडी बढाउन सहयोग पु¥याउने मेरो जिम्मेबारी हुने छ । नेतृत्व सफल भएमा मात्र कार्यसमिति सफल हुन्छ भन्ने मान्यता राख्ने मैले नेतृत्व र कार्यसमितिले गरेका कामलाई सहयोग पु¥याउने र महासंघको शाखलाई उच्च बनाउन र जिल्लाका क्रियाशिल पत्रकारहरुको हक, अधिकार प्रबद्र्धन तथा संरक्षण गर्न क्रियाशिल रहनेछु ।यस्तै उत्तरदायी, मर्यादित र जिम्मेवार पत्रकारिताको संस्थागत विकासमा क्रियाशील हुँदै स्वतन्त्र प्रेसको विश्वव्यापी मर्म, मान्यता, आचरण र आदर्शलाई परिपालना गर्ने, पत्रकार तथा आमसञ्चारमाध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र प्रवद्र्धनका लागि आवश्यक अन्य काम गर्ने प्रण गर्दछु ।

महासंघमा चुनावी दौरान पत्रकारहरु विच केहि मनमुटाव भएपनि जिल्लाको पत्रकारिता क्षेत्रलाई अगाडी बढाउनको लागि अब सवै गोलबन्द भइ अगाडी बढ्नुपर्ने हुन्छ । अग्रजलाई सम्मान गर्दै अनुजलाई प्रोत्साहन गरेर महासंघलाई अगाडी बढाउनको लागि एउटा इट्टाको रुपमा म पनि रहनेछु । महासंघको अवको चुनौतीलाई सवै पत्रकारहरु एक भइ सामना गर्दै पत्रकारिता पेशा सम्मानित पेशा रहेको र जनतालाई सुसुचित गराउन तर्फ लाग्नेछौ भन्ने आशा गरेको छु ।

समान्य हो । तर, उनीहरुले राजनैतिक सिद्धान्तको पक्षयमा कलम चलाउनु राम्रो कुरा हो । तर कुनै राजनितीको नाउमा कुनै व्यक्ति असल, खरब हुने सक्दछ त्यसले गरेको नराम्रो कुरालाई राम्रो बनाउने हिसाबले काम गर्ने लाई पत्रकार नभनेर दलाल भन्न सकिन्छ ।

अर्को कुरा हाम्रो समाजमा विक्रीती विसंगती,राम्रो नराम्रो दुवै कुरालाई बाहिर ल्याउने काम भने पत्रकारले गरेको हुन्छ । पत्रकार देशको चौथो अङग पनि मानिन्छ । पत्रकारहरुले ठूला ठूला भस्टचारका कुरालाई बाहिर ल्याउने काम गरेका छन् । समाजका सकरात्मक कुरालाई प्रोत्साहान गर्ने बाहिरा ल्याउने र नराम्रा कुरालाई पनि सवैको सामु ल्याउने काम पत्रकारले गर्दछन् । पत्रकारको हाम्रो समाजलाई ठूलो आवश्यकता हुन्छ । पत्रकारले सहि सूचना सम्प्रोसण गर्ने काम गर्दछन् । हुनत पत्रकारले सूचना सम्प्रेसण गर्दा उनीहरु असुरक्षीत समेत हुन्छन् । आफ्नो ज्यान लाई जोखिममा राखेर पत्रकारले आफ्नो पेषामा ईमान्दारीत पुर्वक काम गरेको कैयौ पत्रकारहरु हाम्रो समाजमा छन् । तर, कहिलै समाचार नलेख्ने तर म पत्रकार भन्दै हिड्ने मानिसहरु पनि हाम्रो समाजमा छन् । यस्ता खालका नामका मात्र पत्रकारलाई चिन्ने काम पत्रकार महासंघले गर्नुपर्दछ ।

सन्ध्या आचार्य
भर्खर मात्र देशैभर पत्रकार महासंघको चुनाव सम्पन्न भएको छ । चुनावी रौनक अझै ताजा छ । पत्रकार महासंघको यस पटकको चुनाव यसअघिका चुनाव भन्दा फरक भयो किनकि प्रत्यक्ष निर्वाचन प्रणालीबाट महासंघको नेतृत्व चुनेको यो पहिलो पटक हो । मतदान प्रक्रियामा पनि नयाँ सदस्य जत्तिकै पुराना सदस्यहरु समेत अनविज्ञ थिए । किनकि सबैका लागि यो प्रक्रिया नौलो थियो । आफू बागलुङको सदस्य रहेको र सुरुदेखि अन्त्य सम्म आफूले नियालिरहँदा प्रत्येक सदस्यले कम्तिमा पाँच देखि सात मिनेट मतदान गर्नै समय लगाए । पत्रकार महासंघको उम्मेदवारको सूचिमा नाम धेरै र गठबन्धनको नेतृत्वलाई भोट दिनुपर्ने बाध्यता भएका कारण जिल्लाको नेतृत्व सर्बसम्मत चुनिए पनि भोट दिने समय धेरै लाग्यो ।

हरेक व्यक्ति संस्थालाई संगठन चाहिने कुरा त स्वाभाविक हो । तर स्वतन्त्र पत्रकारको नामले परिचित पत्रकार महासंघको चुनावमा प्रत्येक पार्टीमा आस्था राख्ने र पार्टी निकट संघ संगठनका व्यक्ति भएको कारण राजनीतिक दलको चुनावमा जस्तै को कुन पार्टीमा आस्था राख्छ भन्ने कुराको पनि चर्चा उत्तिकै थियो । त्यसो त कुनै राजनीतिक दल भन्दा फरक स्वतन्त्र उम्मेदवार पनि नभएका होइनन् तर उनीहरुको मत परिणामले कुनै न कुनै पार्टी प्रति आस्थामा उभिएर चुनाव नलडेसम्म नेतृत्वमा पुग्न असम्भव छ भन्ने कुरा पनि प्रमाणित भएको छ ।

पत्रकार महासंघलाई श्रमजीवी पत्रकारको हकहित सुनिश्चित गर्ने साझा संस्था मानिन्छ । नितान्त पत्रकारितामा रहेर कलम चलाउनेहरुको संस्था हो पत्रकार महासंघ । यसले पत्रकारहरु माथि मिडिया सञ्चालकहरुको थिचोमिचो र शोषण विरुद्व आवाज उठाउने र पत्रकारलाई न्याय दिने गर्दछ तर अहिलेको नेतृत्वमा अधिकांश मिडिया सञ्चालकहरुनै हावी देखिएका छन् । एकातिर राजनीति र अर्कातिर मिडिया सञ्चालकले नै महासंघको नेतृत्व गर्दा स्वतन्त्र पत्रकारहरुको हकहितका लागि कस्ता आवाज आउलान् ? यो पनि सोचनिय विषय बनेको छ ।

चुनाव देशैभर गठबन्धन गरेर सम्पन्न भयो । गठबन्धनमा प्रायले आफू इतरका संगठनहरुसँग सहकार्य गरेर चुनाव लेडेका थिए । गठबन्धन गर्दा सानादेखि ठुला कमिटी नेतृत्वमा जान त सजिलो भयो तर स्वतन्त्र रुपले सदस्यले मत अधिकार प्रयोग गर्न पाएनन् । त्यतिमात्र होइन, स्वतन्त्र रुपमा सदस्यता पाएकाहरु पनि राजनीतिबाट अलग हुन पाएनन् कारण उनीहरुले कुनै न कुनै पार्टी निकटको व्यक्तिलाई मतदान गरेका थिए । त्यसरी गठबन्धन गर्दा कोही क्षमतावान व्यक्ति नेतृत्व बाहिर हुने र कम क्षमता भएका व्यक्ति नेतृत्वमा हुने सम्भावना पनि बढी हुन्छ ।

जे जस्तो भए पनि चुनाव सम्पन्न भएको छ र नयाँ नेतृत्व महासंघमा आएको छ । यो सुखद् कुरा हो । अबको नेतृत्वको जिम्मेवारी सँगसँगै गहन जिम्मेवारी पनि काँधमा आएको छ । यसअघि पत्रकारको न्युनतम पारिश्रमिक लागू गराउने अभियान भएपनि अझै पूर्ण रुपमा लागू भएको पाइदैन । कागजी रुपमा लागू गराए जस्तो गराउने र संस्थाभित्र अर्कै भएको पनि पाइन्छ । यो दुःखद कुरा हो । अब न्युनतम पारिश्रमिक पाउने पत्रकार प्रत्येक सञ्चार माध्यममा हुन जरुरी मात्रै होइन । यसलाई जसरी पनि कार्यान्वयन गराउन अबको नेतृत्वलाई चुनौती थपिएको छ ।

जीवनभर पत्रकारीतामा लागेका पत्रकारको भविष्य अझैपनि अन्यौलतापुर्ण छ । मिडियाहरुले चाहेको बेला कम पारिश्रमिक दिएर काम गराउने र नचाहिदा विभिन्न बाहानामा संस्थाबाटै निकाल्ने प्रचलन व्याप्त छ । त्यसैले पत्रकारीतालाई नै मुख्य पेशा बनाएकाको भविस्यको पनि सुनिश्चितताको लागि पहल गरिनु जरुरी देखिन्छ ।

पहिल्यैदेखि पहल गरिएको बिषय हो सदस्यता शुद्धीकरण र नयाँ सदस्यता प्रदान । अभियान जति नै चलाए पनि यो पनि सही तरिकाले कार्यान्वयन हुन सकेको छैन । कतिपय विदेश रहेका र अन्य व्यवसायमा भएका व्यक्ति महासंघको सदस्य छन् भने निरन्तर पत्रकारितामा लागेका व्यक्ति महासंघको सदस्य नै छैनन् । त्यसैले यतातिर पनि ध्यान दिनु उत्तिकै जरुरी छ । नेतृत्वमा रहेकाहरुले नै संगठनको आडमा निकटकालाई सदस्यको लागि सिफारिस गर्ने र वास्तविक पत्रकारहरुलाई अनेकौँ झमेला देखाउने प्रचलन पनि व्याप्त देखिन्छ ।

कतिपय निरन्तर पत्रकारितामा संलग्न तर कुनै पनि पार्टीमा आस्था नभएका व्यक्तिलाई पनि सहज रुपमा सदस्यता लिने व्यवस्था मिलाउनुपर्दछ । यसरी हरेकको मर्म अनुरुप काम गर्न सकेमा पत्रकार महासंघ औचित्यपूर्ण रहन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *