जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बागलुङ नगरलाई

आदर्श अनलाइन, बागलुङ
जिल्ला खेलकुद विकास समितिको आयोजना भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बागलुङ नगरपालिकाले जितेको छ ।

बागलुङमा आइतबारदेखि सुरु भएको नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बागलुङले स्वर्ण २३, रजत १६, कास्य १४ हात पार्दै उपाधी जितेको हो ।

बडिगाड गाउँपालिकाले दास्रो स्थान हाँसिल गरेको छ । बडिगाडले स्वर्ण १२, रजत ६, कास्य १५ प्राप्त गरेको छ ।

त्यस्तै जैमिनी नगरपालिका तेस्रो भएको छ । जैमिनीले स्वर्ण ४, रजत २ र कास्य ९ हात पारेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भिमशेन शाक्यले जानकारी दिनुभयो ।

आइतबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट विद्यार्थीहरुको सहभागिता रहेको छ ।

विभिन्न प्रतियोगितामा जिल्लाभरबाट ५ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको शाक्यले जानकारी दिनुभयो । एक सय, आठ सय मिटर, १५ सय मिटरको छात्र/छात्रा दौड, लम्पजम्प, कपर्डी, सटफुट, छात्र/छात्रा भलिबल, ४ सय मिटर छात्रम दौड, ३ हजार मिटरको डौद, हाइजम्प लगायतका प्रतियोगिता भएको बताइएको छ ।

केही समय अगाडी सबै पालिकामा जिल्ला स्तरीय छनोट खेल भएको थियो । पालिकामा छनोट भएका विद्यार्थी जिल्लामा सहभागी भएका थिए । जिल्लाबाट छनोट भएकाहरु प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि चयन भएको शाक्यको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *