सहकारी बैंक तालचोक शाखाद्वारा लक्ष्मी आदर्श माविमा सहकारी बाल क्लव गठन

आदर्श अनलाइन, पोखरा

राष्ट्रिय सहकारी बैंक लिमिटेड तालचोक शाखाको आयोजनामा पोखरा महानगरपालिका वडा नं. २७ स्थित लक्ष्मी आदर्श माध्यमिक विद्यालयमा सहकारी बाल क्लव गठन भएको छ ।

विद्यालयमा अध्ययनरत ८ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुको प्रारम्भिक भेलाबाट रेश्मा पाण्डेको अध्यक्षतामा ९ सदस्यीय सहकारी बाल क्लव गठन गरिएको हो । क्लवको उपाध्यक्षमा बिश्वास भण्डारी, सचिवमा शिर्षक कडेल, सह–सचिवमा कुसुम पौडेल, कोषाध्यक्षमा आयुष्मा भट्टराई तथा सदस्यहरुमा अनिशा गुरुङ्ग, सुजता सापकोटा, कृष्ण ढकाल र सुदिर बराल रहनु भएको छ ।

विद्यार्थीहरुलाई सहकारी सचेतना, वित्तीय साक्षरता लगायतका रचनात्मक तथा सृजनात्मक कार्यक्रममा अग्रसर बनाउने र विद्यार्थी अवस्था देखिनै सहकारीको महत्व बारेमा जानकारी गराउने उद्देश्यले क्लव गठन गरिएको बैंकले जनाएको छ ।

६४ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर बैंकका ६८ वटै शाखामार्फत एक एक वटा विद्यालयमा सहकारी बाल क्लव गठन गर्ने कार्यक्रम सञ्चालन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

भेलामा बालक्लवका संरक्षक तथा विद्यालयका शिक्षक शिवमणि भण्डारीले बालबालिकाहरुलाई वित्तीय रुपमा सचेत बनाउने अभियान शुरु गरी लक्ष्मी आदर्श माविलाई रोजेकोमा सहकारी बैंकलाई धन्यवाद ज्ञापन गर्नु भया ।

विद्यालयका प्रधानाध्यापक रबिन्द्रनाथ भट्टराईको अध्यक्षता, राष्ट्रिय सहकारी बैंक पोखरा शाखा समन्वय उपसमितिका सल्लाहाकार रविरमण तिवारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत पोखरा शाखा प्रमुख नरेश पाण्डे र वित्तीय साक्षरता र बैंकको समसामयिक अवस्थाका बारेमा तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेले सहजीकरण गर्नु भएको थियो ।

प्रमुख अतिथि तिवारील आफ्नो प्रारम्भिक संस्था माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी बाल क्लवका लागि ५ हजार रुपैयाको कोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *