धौलागिरी सहित गण्डकी प्रदेशभर आज दिउँसै अध्यारो भए पछि…

आदर्श अनलाइन,बागलुङ

धौलागिरी सहित गण्डकी प्रदेशभर आज दिउँसै अँधेरो भएको छ ।

बागलुङ, पर्वत, म्याग्दी, कास्की लगायतका क्षेत्रमा दिउँसो ३ बजे देखि नै अध्यारो भएको थियो।

जल तथा मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले प्रिमनसुन अवधिमा आउने बादल एकै पटक फैलिँदा अँधेरो भएको बताउनुभयो । ‘यो हल्का वर्षा गराउने बादल हो, प्रि–मनसुनको बेला यस्तो बादल बेलुकीपख ३–४ घण्टा रहन्छ,’ उहाँले भन्नुभयो, ‘हल्का वर्षा भएपछि त्यो बादल हराउँछ ।’

दक्षिण भारत हुँदै आएको उक्त बादल उत्तर–पश्चिमतिर गइरहेको छ । ‘यो बादलले हावाहुरी ल्याउने र चट्याङसमेत निम्त्याउने सम्भावना छ,’ उहाँले भन्नुभयो । हल्का वर्षापछि केही हदसम्म प्रदूषण पनि घट्ने अपेक्षा गरिएको छ ।

एक सातायता डढेलोको संख्यामा कमी आए पनि राजधानीसहित देशका मुख्य सहरी क्षेत्रमा वायु प्रदूषणको अवस्थामा खासै परिवर्तन आएको छैन ।

वायु प्रदूषणको अध्ययन गर्ने स्विट्जरल्याण्डस्थित् आईक्यू एअरले काठमाडौंलाई अहिले पनि प्रदूषित ९४ सहरमध्ये ५ भित्रकै सहरमा राखेको छ । काठमाडौंसहित देशका मुख्य सहरहरुको वायुमण्डलमा अझै बाक्लो तुवाँलो भरिएको छ ।

वन तथा वातावरण मन्त्रालयमातहतको वातावरण विभागको ‘पोलुसन डट जीओभी डट एनपी’ले पनि काठमाडौंसहित देशका विभिन्न सहरी क्षेत्र र हिमाली जिल्लासम्मै वायुको गुणस्तर सूचकांक ९एक्यूआई० बिग्रँदो देखाएको छ ।

बिहीबार पनि तराईदेखि हिमालको रारासम्मै एक्यूआई अस्वस्थ रेकर्ड भएको छ । धनगढीको वायुमण्डलमा भने एक्यूआई बिहीबार दिनैभर अत्यधिक अस्वस्थ कायम भइरह्यो । विभिन्न स्थानको बिहीबारको एक्यूआई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र सरकारले तोकेको मापदण्डभन्दा अत्यधिक बढी छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका उपसचिव डढेलो विज्ञ सुन्दरप्रसाद शर्माका अनुसार आइतबारयता वनको डढेलो केही हदसम्म नियन्त्रणमा आएको देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *